arrow

आइसीसी वरियतामा नेपाल, नेपाली क्रिकेटहरु को कति वरियतामा ? 

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
nepal-t-20-singapore2.jpg

काठमाडौं । साढे तीन वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहे पनि खेलाडीले आफ्नो खेल कौशल देखाउन छाडेका छैनन् । 

त्यसकै फलस्वरुपः खेलाडीहरु धमाधम अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको वरियतामा पर्दै आएका छन् । पुरुषमात्र होइन महिला खेलाडीहरु पनि वरियतामा पर्दै आएका छन् । 

पुरुषतर्फ नेपालले एक दिवसीय मान्यता पाएको छ भने तत्काल टेष्ट मान्यता पाउने सम्भावना छैन । 

त्यसैले पनि एक दिवसीय र टेष्टमा नेपाली खेलाडीको वरियता छैन । टी–२० मा भने खेलाडीहरुले राम्रो वरियता पाएका छन् । 

टीमतर्फपुरुष– एक दिवसीयमा नेपाल १७ औं स्थानमा छ । टी–२० मा १३ औं स्थानमा रहेको छ । नेपाल टी–२० मा ११ औं वरियतामा रहेका अवस्थामा दुई स्थान झरेको हो । 

सिंगापुरमा भएको त्रिदेशीय सिरिज र ओमानमा भएको पाँचदेशीय सिरिजमा खराव खेल खेलेपछि नेपालको वरियता दुई स्थान खस्किएको हो । 

महिलातर्फ नेपालले एक दिवसीयमा वरियता नपाए पनि टी–२० मा १४ औं स्थान पाएको छ । 

खेलाडीतर्फ – खेलाडीतर्फ पुरुष र महिला दुवै खेलाडीहरु अटेका छन् । महिलाको तुलनामा पुरुष खेलाडीहरु बढी वरियतामा परेका छन् । महिलातर्फ खेल पनि कम हुने गरेको छ । 

पुरुषतर्फ– पुरुष खेलाडीहरुले टी–२० मा मान्यता पाएका छन् । नेपालको वरियतामा ब्याटिङतर्फ कप्तान पारस खड्का ४५ औं स्थानमा छन् । उनले हालैमात्र एउटा शतक पनि प्रहार गरेका थिए । पारस अलराउन्डतर्फ २४ औं स्थानमा रहेका छन् ।  

बलिङतर्फ पाँच खेलाडी पर्न सफल भएका छन् । पहिलो पटक सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा वरियतामा परेका छन् । त्यसअघिदेखि सोमपाल कामी र बसन्त रेग्मी वरियतामा पर्दै आएका छन् । 

नयाँ वरियताको बलिङतर्फ सन्दीप ६४ औं स्थानमा छन् । त्यस्तै सोमपाल ६८ औं स्थानमा छन् । करण ८३ औं स्थानमा छन् । बसन्त ९० औं स्थानमा छन् । अविनाश १०० औं स्थानमा अट्न सफल भएका छन् । आइसीसीले एक सय जनाको वरियता निकाल्ने गर्छ । 

महिलातर्फ– महिलातर्फ अहिलेसम्म पूर्व कप्तान नेरी थापा तथा र सीता राना मगर पर्दै आएका छन् । अलराउन्डतर्फ सीता ५८ औं स्थानमा विराजमान छिन् । त्यस्तै नेरी बलिङतर्फ ९२ औं स्थानमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ