arrow

बेल्जियममा यसरी मनाए नेपालीले दशैं विशेष कार्यक्रम

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
belgium-dashian.jpg

ब्रसेल्स । नेपालीहरुको महान् पर्व बिजयादशमीको अवसर पारेर प्रवासी मूलुक बेल्जियममा शुभकामना आदानप्रदान तथा दशैं बिशेष कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा राजधानी ब्रसेल्समा शुभकामना आदानप्रदान तथा दशैं बिशेष कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले  विदेशी भूमिमा आयोजना गरिने यस्ता खालका सांस्कृतिक गतिविधिले नेपाली भाषा, कला र लोक संस्कृतिको संरक्षण, सम्बर्दन र प्रवर्दनमा महत्वपूर्ण टेवा पुग्ने बताए । 

एनआरएनए बर्सेल्स संयोजक सुभाष भट्टको विशेष आतिथ्यता रहेको कार्यक्रममा केन्द्रका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा विदेशी पाहुना डाइरेक्टर अफ द पब्लिक रिलेशन अफ द चर्च अफ साईन्टोलोजीका मारियम जोनेक्यानले नेपाली संस्कृति झल्काऊने नेपाली समुदायको यस्तो खालको कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताए । 

अर्का बिदेशी पाहुना डाइरेक्टर अफ द ह्युमन राईट द चर्च अफ साईन्टोलोजीका ईभान आर्जोना प्लाडोले मानव अधिकार सम्बन्धि जानकारी समेटिएको पुस्तक राजदूत थापालाई प्रदान गर्दै यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रम केन्द्रका अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता तथा महासचिव श्रृजना कार्की थापाको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल ब्रसेल्स बाल सांस्कृतिक केन्द्रका बालबालिकाहरुको विशेष सांस्कृतिक प्रस्तुतिले सहभागीहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ