arrow

पानामा पेपर्स प्रकरण : नयाँ अध्यक्ष इन्फान्टिनो र फिफाको इज्जत संकटमा

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
gianni_infantino.jpg.jpeg
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका नवनिर्वाचित अध्यक्ष जीआनी इन्फान्टिनो समेत घुस लिनेहरुसंग सम्झौता गरेको भन्दै पानामा पेपर्स प्रकरणमा मुछिएका छन् । मध्य अमेरिकी मुलुक पानामाको कानुनी फर्म मोस्याक फोन्सेकाको चुहावट भएका दस्तावेजमा फुटबलको नियामक निकाय फिफाका नयाँ अध्यक्ष इन्फान्टिनोले घुस लिने मामिलाका अभियुक्त दुई कारोबारीसंग एक सम्झौतामा हस्ताक्षर गरेका बताइएको छ । 
 
ह्यूगो र मारिनो नाम गरेका दुई कारोबारीले च्याम्पियन्स लिग फुटबलका लागि अनुमति लिएका थिए । उनीहरुले तीन गुणा बढी दाममा अनुमति बेचेका थिए । २००६ मा सो अनुबन्धमा हस्ताक्षर भएको थियो । जतिबेला इन्फान्टिनो यूनियन अफ यूरोपियन फुटबल असोसिएशन (यूइएफए) का निर्देशक थिए । 
 
यूइएफएले पहिले भनेको थियो, ‘उनले ती १४ जना संग कुनै कारोबार गरेका थिएनन् ,जो एफबीआइले फिफा भ्रष्टाचार प्रकरणमा दोषी देखिएका थिए ।’ टिभिको अधिकार सबै भन्दा बढी बढाबढ लगाउनेलाई बेचिएको थियो । जसका लागि खुला प्रतिस्प्रधात्मक लिलामी प्रक्रिया अपनाइएको थियो । 
 
फिफाको एक विश्वसनीय सुत्रले भनेको छ, ‘फिफाकै एक समितिले यस सम्झौताको अनुसन्धान गरे सत्यता सार्वजनिक हुन सक्छ ।’ ह्यूगो र मारिनोलाई अर्जेन्टिनाबाट अमेरीका पठाउन भनिएको छ । तर, यूइएफएले आफुले कुनै गल्ति नगरेको जिकिर गरेको छ । मोस्याक फोन्सेकाको लिक दस्तावेजबाट खुलेको जानकारी सत्य सावित भए इन्फान्टिनो र फिफा दुवैको छवि धुलोमा मिल्नेछ ।
 
इन्फान्टिनोले फिफा अध्यक्ष निर्वाचित हुने वित्तिकै विफालाई शुद्धिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए । यस्तै, अर्जेन्टाइनी फुटबल स्टार लियोनल मेसीका बुबा समेत पानामा पेपर्समा मुछिएपछि मेसीलाई अफ्ठेरो पन अड्कलबाजी भएका छन् । यद्यपि, पानामाको दस्तावेजमा मेसीलाई त्यसबारे थाह नभएको उल्लेख गरेको बुझिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ