arrow

यसरी ठगिदैछन् नेपाली राजदुतावास मलेसियाका कर्मचारीबाटै श्रमिकहरु

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
malaysia-embassy-thagi.jpg

क्वालालाम्पुर । अवैद्यानिक भएर मलेसियामा बसोबास गरेका बिदेशी नागरिकहरुलाई स्वदेश फर्कनका लागि आममाफी (Back for Good)  कार्यक्रम १ अगष्ट २०१९ देखि संचालनमा आएपछि कैयौं नेपालीहरु पनि यसको फाइदा लिदै स्वदेश फर्कन चाहिरहेका छन्। मलेसिया सरकारको यहि स्कीम अन्तर्गत स्वदेश फर्कन लागेका यस्ता कैयौं नेपालीहरु बिभिन्न बहानामा नेपाली राजदूतावास मलेसियाका कर्मचारीहरुबाट ठगिदै आएको सार्वजनिक भएको छ ।

मलेसियाका लागि राजदूत उदयराज पाण्डेले अवैद्यानिक भएर नेपाली राजदूतावास मार्फत नेपाल फर्कन चाहने नेपालीहरुलाई एजेन्ट दलालहरुबाट ठगिनबाट जोगिनका निमित्त सक्कल ट्राभल डकुमेन्ट नदिने प्रावधान बनाए पछि अहिले नेपाली राजदूतावासका कर्मचारीहरुबाट ठगिन थालेका छन्। दुतावासका कर्मचारीहरु अवैद्य रुपमा मोटो रकम असुलेर अवैद्यानिक रुपमा मलेसिया बसेका नेपालीहरुलाई ठग्ने बाटोमा लागेका छन्। 

सामान्यतयाः मलेसियन रिंगेट १६० नेपाली राजदूतावासमा बुझाए पछि राजदूतावासले एकतर्फी हवाई यात्रा पत्र (ट्राभल डकुमेन्ट ) दिने गर्दछ। तर हाल राजदूत पाण्डेले मलेसियन रिंगेट १६० तिरेर पनि ट्राभल डकुमेन्टको फोटोकपी(प्रतिलिपि ) मात्र दिने प्रावधान बनाएका छन्। राजदुतले ल्याएको यो नयाँ व्यवस्था पछि नेपाली राजदूतावासका कर्मचारीहरु (रबि भट्ट र डिल्ली धिताल) ले नै मलेसियन रिंगेट १६० तिरेको सोही ट्राभल डकुमेन्टका लागि थप मलेसियन रिंगेट ४०० देखि ६०० सम्म असुल्ने गरेको पाइएको छ ।

Image may contain: 1 person, smiling, sitting

रवि भट्ट

नेपाली राजदूतावास मलेसियामा पब्लिक रिलेशन अफिसरका रुपमा कार्यरत रबि भट्ट र ड्राइभरका रुपमा कार्यरत डिल्ली धिताल (राजू अनुपम धिताल) बिच अवैध रुपमा असुलेको पैसाको भागबन्डा नमिले पछि सार्वजनिक भएको हो। जस्को अडियो रेकर्ड हाम्राकुरासँग सुरक्षित छ। नीज डिल्ली धिताल बिगत लामो समयदेखि मलेसियामा रहेर मुद्राको अवैध कारोवार (हुण्डी) ब्यबसायी समेत रहेको आरोप छ। म्याक्स मनी रेमिट्यान्ट मलेसिया पेनाङको बजार प्रबन्धक भएर कार्यरत हुँदा रेमिट्यान्स भन्दा धेरै हुन्डी धन्दा गरी अवैद्य कारोवार गरेको थाहा भए पछि त्यस कम्पनीले धिताललाई निस्कासित गरेको थियो। यद्यपी हाल आएर नेपाली राजदूतावास मलेसियाको द्धितिय सचिव महेशमणि त्रिपाठीको सिफारीसमा नेपाली राजदूतावास मलेसियामा ड्राइभरको नियुक्ती भएका हुन।

Image may contain: 1 person, car and outdoor

डिल्ली धिताल (राजू अनुपम धिताल)

अवैध असुलीको विषयमा बिभिन्न निकायको गुनासो आए पनि नेपाली राजदूतावास मलेसियाका द्वितिय सचिव महेश मणि त्रिपाठीको संरक्षणमा राजदूत पाण्डेले कुनै कारवाही गर्न सकेका छैनन्। त्रिपाठीले २ बर्ष अगाडि ड्राइभरको रुपमा कार्यरत सुन्दर श्रेष्ठ (हाल राजदूत पाण्डेको ब्यक्तिगत ड्राइभरको रुपमा कार्यरत) ले एम.आर.पी पासपोर्ट बनाउनका लागि अनलाइन आवेदन फाराम भरेको मलेसियन रिंगेट ४८० देखि १२०० सम्म लिँदा पनि संरक्षण गरी कारवाही नगर्न तत्कालिन राजदूत डा. निरन्जनमान सिंह बस्यानतलाई अनुरोध गरी निलम्बन हुनबाट जोगाएका थिए। ड्राइभर सुन्दर श्रेष्ठले मलेसियामा रहेको स्पेशल स्क्वाड सेक्यूरीटी सर्भिसका ७०० जना कामदार संग अवैध रकम असुली गरेका थिए ।

अबैद्यानिक भएर स्वदेश फर्कने कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका कर्मचारीको लापरवाही र आफ्नो मान्छेलाई मात्र प्राथमिकता दिने गरेको हुँदा कैयौं सर्वसाधारणले स्वदेश फर्कन काटिसकेको टिकटको रकम डुब्नुका साथै थप समय होटलमा खान र बस्न ज्यादा खर्च हुने गरेको पाइएको छ । नेपाली राजदूतावास मलेसियाका कर्मचारीहरुले १० दिन भन्दा बढी सम्म झुलाइरहेको पाइएको छ। यद्यपि भोली फिंगर प्रिन्ट गर्न जानको लागि कन्फर्म मिति दिएता पनि सर्वसाधारणको नाम हटाएर रातारात आफ्नो मान्छेलाई फिंगर प्रिन्ट गर्नको लागि बोलाउने गरेको पाइएको छ। यसोगर्दा सर्वसाधारणले घर फर्कन अनुमान गरेको समयभन्दा धेरै समय लाग्ने र अनुमानित खर्च बोकेर आएको खर्चले नपुग्दा समस्या हुने गरेको पाइएको  छ ।

नेपाली राजदूतावास मलेसियाका लागि राजदूत पाण्डेले गरेको परिकल्पना श्रमिकका हक हित र संरक्षणका लागि चालिएको उचित कदम भएता पनि राजदूतावास भित्रकै क्रर्मचारीहरुको भ्रष्टचार, अनियमिता र लापरवाहिले राजदूत पाण्डेले देखेको सपनामा दूतावासकै कर्मचारीहरु बाधक भएपछि यो पुरा नहुने निश्चित भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ