arrow

बाराका सञ्चारकर्मी देउजाविरुद्ध पक्राउ पूर्जी जारी, महासंघको विरोध

logo
कृष्ण सिग्देल,
प्रकाशित २०७६ असोज २५ शनिबार
Santosh_Deuza.jpg

बारा। बाराको सिमरामा रहेर युटुबरका रुपमा सकृय सञ्चारकर्मी सन्तोष देउजा विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । विद्युतिय अपराध सम्बन्धि कसुरमा जिल्ला अदालत काठमाडौंले देउजालाई पक्राउ गरि अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीका अनुसार सञ्चारकर्मी देउजालाई प्रहरीले एकसातादेखि खोजि गरिरहेको छ । 

पर्साको ठोरी स्थायी घर भइ हाल जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा नरबस्तिमा डेरा गरि बस्ने देउजालाई पक्राउ गरि पठाउन नेपाल प्रहरीको विद्युतिय अपराध अनुसन्धान व्युरोले जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय पर्सा दुबैलाई पत्राचार गरेको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिए । ‘हामिले खोजी गरिरहेका छौं, जहाँ भेटिनुहुन्छ हामि तुरुन्तै पक्राउ गर्छौ’ प्रहरी नायब उपरिक्षक पुरीले भने ।

प्रहरीले देउजाको सिमरास्थित डेरामा प्रहरीले जनप्रतिनिधिको रोहबरमा खानतलासी समेत गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका २ का जनप्रतिनिधि धनबहादुर श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ गिता कँडेल लगायतको रोहबरमा ताला खोलेर इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले अघि खानतलासी गरेको हो। डेराको ताला खोलेर खानतलासी गर्नुको कारणबारे प्रहरीले केहि बताएको छैन ।

देउजा विरुद्ध युटुब मार्फत बीरगञ्जका निलम साह र राजेश साहको चरित्र हत्याको आरोप लागेको छ।कपुरबोट मिडिया प्राली मार्फत कपुरबोट डटकम र कपुरबोट टिभी नामक युटुब च्यानल संचालन गर्दै आएका देउजा सिमरामा रहेको रेडियो समपर्णमा समेत आबद्ध छन् ।

नेपाल पत्रकार महासंघ बाराले विद्युतिय कारोवार ऐन अन्तर्गत पत्रकारलाई दुख दिने नियतले मुद्धा लगाइएकोमा विरोध जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ