arrow

स्पेनले बराबरी खेल्दा रामोसले राखे कीर्तिमान 

logo
प्रकाशित २०७६ असोज २६ आइतबार
ramos1.jpg

काठमाडौं । युरोकप फुटबल छनोटमा स्पेनले शनिबार रातिको खेलमा बराबरीको खेल खेलेको छ । स्पेनले  सर्जियो रामोसको कीर्तिमानी खेलमा नर्वेसंग बराबरी खेलेको हो ।

स्पेनले नर्वेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरी खेले पनि स्पेन छनोट नजिक पुगेको छ । 

स्पेनका लागि साउल निग्वेजले ४७ औं मिनेटमा गोल गर्दा इन्जुरी समयमा जोसुवा किङले गोल गर्दै नर्वेलाई हारबाट जोगाए ।

रामोसको कीर्तिमान 

रामोसले स्पेनिस फुटबलको इतिहासमा कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् । 

उनले स्पेनको राष्ट्रिय फुटबल टिमबाट सर्वाधिक १६८ क्याप जित्ने कीर्तिमान कायम गरेका छन् । 

यसअघि ईकर कासिलासको नाममा सो कीर्तिमान रहेको थियो ।

सन् २००५ मा डेब्यु गरेका ३३ वर्षीय रामोसले स्पेनका लागि विश्वकप र दुई वटा युरोकपका उपाधि उचालिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ