arrow

च्याम्पियन्स लीग: बार्सिलोनाको बिजयी शुरुवात, बायर्नले बेनिफिकालाई हरायो

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
Barca_Athletico.jpg.jpeg
एजेन्सी. लुईस स्वारेजको २ गोलको मदतले बार्सिलोनाले च्याम्पियन्स लीग क्वार्टरफाईनलमा एथलेटिको माड्रिडलाई २-१ ले पराजित गरेको छ। 
 
बार्साको घरेलु मैदान क्यामनउमा भएको क्वार्टरफाईनलको पहिलो लेगमा माड्रिड स्तब्ध भएको हो। खेलको २५औ मिनेटमा माड्रिडका फरनान्डो टोरेसले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो गोल गरेका टोरेस ३५औं मिनेटमा दोस्रो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए। १० जनामा सिमीत मड्रिडले त्यसपछि बार्सालाई रोक्न सकेन। 
 
६३औं मिनेटमा स्वारेजले आफ्नो पहिलो गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए भने ७४औं मिनेटमा फेरि अर्को गोल गर्दै स्वारेजले बार्षालाई २-१ गोलको अग्रता दिलाएका थिए। 
 
बायर्न बिजयी
बायर्न म्युनिखले पहिलो लेगमा बेनिफिकालाई १-० गोलले पराजित गरेको छ। आफ्नो घरेलु मैदानमा आर्टुरो भिदालको गोलले बेनिफिकालाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ। खेलको दोस्रो मिनेटमा भिदालले गोल गरेका थिए।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ