arrow

एनआरएनए महासचिवमा डा.केशव पौडेलले गरे उम्मेदवारी घोषणा

logo
प्रकाशित २०७६ असोज २६ आइतबार
keshav-paudel-nrn.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न नवौं सम्मेलन(२०१९÷०२१) का लागि डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नौं बुँदे प्रतिबद्धतासहित उम्मेदवारदी घोषणा गरेका हुन । दुई कार्याकाल एनआरएन अमेरिकाको अध्यक्ष भइसकेका उनले सुदृढ र पारदर्शी एनआरएन बनाइछाड्ने प्रतिबद्धता पनि जनाए ।

उनले भने,‘हाल कार्यालयमा अनावश्यक खर्च बढीरहेको, संस्थामा मनपरीतन्त्र बढेको, सचिबालय अस्तब्यस्त भएको छ ,यी सबैलाई ब्यवस्थित गर्न महासचिबका लागि तयार भएर आएको छु ।’

घोषणा कार्यक्रममा उनले विदेशमा हुर्किएको पुस्तालाई मातृभूमीप्रति जिम्मेवार बनाउँदै संस्थामा नयाँ पुस्तालाई आकर्षित गर्ने योजनाहरु रहेको सुनाए । उनले एनआरएनएको अभियानमै ब्यापक सुधार आवश्यक रहेको बताए ।

संस्थागत विकासको परिपाटीलाई अभिबृद्धि गर्दै एनआरएनएमा नियमित संचार र अन्तरक्रिया गराउने छुट्टै माध्यमको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए । उनले भने, ‘संस्थाभित्रै संभावनाको खोजी र अवसरहरुको सिर्जना गराउनु आवश्यक छ ।’

‘सचिबालय व्यवस्थापन र सुदृढिकरण, संस्थागत विकास र सदस्यता अभिबृद्धि, संस्थामा सरल पहुँच र समान वितरण, गतिशिल नेतृत्व तथा दिगो निती मेरो प्राथमिकतामा पर्छ,’ उनले भने, सबैको एनआरएनए, संधैको नेपाली र समान नागरिकताका सवालमा प्रशस्त कामहरु गर्ने प्रण लिएको छु ।’

आफू अमेरिकामा चिकित्सा पेशामा रहेर सेवामुलक काम गरिरहेको बताउँदै उनले एनआरएनएमार्फत परोपकारी कामलाई अझै बढी प्राथमिकता दिनुपर्ने पनि बताए । उनले भने, ‘स्वार्थभन्दा माथि उठेर सेवा भावले काम गरे मात्र संस्था सबैको प्रिय र जिम्मेवार हुनेछ ।’

यही अशोज २८ देखि ३० गतेसम्म काठमाडौंमा चल्ने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलनमा विश्वका करिब८१ देशका प्रतिनिधि नेपाल आइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ