arrow

सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण हुँदै

logo
रासस
प्रकाशित २०७६ असोज २६ आइतबार
sauraha.jpeg

काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले पर्यटकलाई विस्तृत सूचना दिन सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गर्ने भएको छ ।

निकुञ्जको वार्षिक कार्यक्रमअनुसार सौराहामा रहेको सम्पर्क कार्यालयमा डिजिटल डिसप्लेसहित आधुनिक सूचना केन्द्र स्थापना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।

केन्द्र निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रु एक करोड विनियोजन गरेको छ । सूचना अधिकारी घिमिरेकाअनुसार ६० लाखमा भवन निर्माण गरिने छ भने ४० लाखमा आठ वटा डिजिटल डिसप्ले, पुस्तक, ब्रुसर र अन्य उपयोगी सामग्री राखिने छ । नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । भ्रमण वर्ष आउन केही समय रहेकाले केन्द्र निर्माण गर्न निकुञ्जले सक्रियता बढाएको छ ।

केन्द्रमा निकुञ्जभित्र प्रवेश सम्पूर्ण अवस्थाको बारेमा अध्ययन गर्न सकिने छ । छोटो भ्रमणमा आउनेहरुले आफू जान नसकेका ठाउँहरुको बारेमा पनि जानकारी लिन सक्ने छन् । केन्द्रले निकुञ्जमा भएको वन, वन्यजन्तु, वनस्पति र जनवारको विषेशताको बारेमा पर्यटकलाई जानकारी दिएसँगै यसको विश्वव्यापी प्रचारप्रसार हुने निकुञ्जको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ