arrow

नेयमार घाइते, ब्रजिल बराबरीमा, अर्जेन्टिना बर्सियो

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
neymar20.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमार फेरि घाइते भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका नेयमार आइतबार रातिको नाइजेरिया विरुद्धको मैत्रिपूर्ण खेलका क्रममा घाइते भएका हुन् । 

२७ वर्षे नेयमारले ब्राजिलका लागि मात्र १२ मिनेट खेले । सिंगापुरमा भएको खेलमा बायाँ थाइमा चोट बोक्दै नेयमार बाहिरिए । नेयमारको स्थान फिलिप्पले कौटिन्हओले लिए । 

खेलमा जो आरिबोले नाइजेरियालाई गोल दिलाउँदा ब्राजिलका कासेमिरोले गोल गरेका थिए । 

आइतबार राति १० मैत्रिपूर्ण खेल भएकामा अर्जेन्टिनाले इक्वेडरलाई ६–० गोल अन्तरले हरायो । लुकास अलारियो, जोन स्पिनोजा, लिनड्रो डानियनल पारेडेस, जर्मन पेज्जेला, निकोलस डोमिङग्वेज र लुकास ओकाम्पसले गोल गरे । 

अन्य खेलको नतिजा यस्तो छ –
गुएना १–१ टोगो
इथियोपिया ०–१ युगान्डा
केन्या ०–१ मोजाम्बिक
साउथ अफ्रिका २–१ माली
बेनिन २–२ जाम्बिया
नाइजर ०–२ सेन्ट्रल अफ्रिकन रिपब्लिक
आइभरी कोष्ट ३–१ डीआर कंगो
स्लोभाकिया १–१ पाराग्वे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ