काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमार फेरि घाइते भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका नेयमार आइतबार रातिको नाइजेरिया विरुद्धको मैत्रिपूर्ण खेलका क्रममा घाइते भएका हुन् ।
२७ वर्षे नेयमारले ब्राजिलका लागि मात्र १२ मिनेट खेले । सिंगापुरमा भएको खेलमा बायाँ थाइमा चोट बोक्दै नेयमार बाहिरिए । नेयमारको स्थान फिलिप्पले कौटिन्हओले लिए ।
खेलमा जो आरिबोले नाइजेरियालाई गोल दिलाउँदा ब्राजिलका कासेमिरोले गोल गरेका थिए ।
आइतबार राति १० मैत्रिपूर्ण खेल भएकामा अर्जेन्टिनाले इक्वेडरलाई ६–० गोल अन्तरले हरायो । लुकास अलारियो, जोन स्पिनोजा, लिनड्रो डानियनल पारेडेस, जर्मन पेज्जेला, निकोलस डोमिङग्वेज र लुकास ओकाम्पसले गोल गरे ।