arrow

एनआरएनएमा कुल आचार्यले गरे प्यानल घोषणा, जित्ने आधारहरु प्रस्तुत

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
kul-acharya-panel.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गर्दै संस्थामा राजनीतिक रंग नभएको दाबी गरेका छन् ।

‘हामी सबै एनआरएनए हौं, राजनीतिक आग्रह र पूर्वाग्रह छैन्,’ उनले भने,‘एनआरएनए अभियानमा लागेदेखि आजसम्म आफू पराजित नभएकोले यस पटक पनि विश्वभरका एनआरएनएका साथीहरुको अत्याधिक माया पाएको छु ।’

उनले आफ्नो प्यानल समावेशी र सबैको भावनालाई सम्मान गर्ने किसिमको भएको दावी पनि उनले गरे । ‘हामीसँग अनुभवी र क्षमतावान साथीहरु टिममा रहनुभएकाले जितका लागि प्रशस्त आधारहरु छन्’ उनले भने ।

उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन् । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेदवार बनेका छन् ।

मंगलबारदेखि काठमाडौंमा सुरु हुने संघको नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ