arrow

पत्रकार कार्कीले क्यान्सर पिडित बालबालिकाको च्यारिटीका लागि गरे रोयल पार्क हाफ म्याराथन

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
journalist-karki.jpg

लण्डन। बेलायतबाट प्रकासन हुने अनलाइन साउथ एसिया टायमका सम्पादक तथा पत्रकार महासंघ बेलायत शाखाका सचिव जगन कार्कीले बालबालिकाहरुको क्यान्सर रोग उपचारार्थ सहयोगकालागि वर्ल्ड चाइल्ड क्यान्सर नामक संस्थाको लागि सहयोगार्थ लण्डनको प्रख्यात रोयल पार्क हाफ म्याराथन सफलताका साथ कुदेका छन्। 

कार्कीले दौड मार्फत उक्त च्यारिटीको लागि करिब ६०,००० रुपैंया सहयोग संकलन पनि गरेका छन्। कार्की नियमीत रुपमा बेलायतका पार्कहरुमा हुने पार्क रनमा भाग लिने गर्दछन।

प्रविधि र सुबिधा सम्पन्न जिवनले आज मानिसहरु मिठो खाने लगाउने र मस्ती गर्ने ध्याउन्नमा स्वास्थ्यको ख्याल गर्न छोडेको पाइन्छ त्यसैले क्यान्सर, सुगर, प्रेसर जस्ता रोगले ज्यान जानेहरुको संख्या बढेको छ।

खानेकुरा बिषादी युक्त छन् कम्तिमा हामीले सके शरिरिक ब्यायाम गर्ने, नियमित कुद्ने नसके हिड्ने शारीरिक रुपमा एक्टिभ रहे रोग लाग्ने सम्भावना कम हुने कार्कीको बुझाई छ। उनि लगायत बेलायत निवासी नेपालीहरुको समूहले नेपाल रन नामको संस्था पनि सुरुवात गरेका छन्, जसको उदेश्य “नियमित कुदौं, स्वास्थ्य रहौं” भन्ने रहेको छ।

बेलायत लगायत बिकसित देशहरुमा च्यारिटिकालागि म्याराथन दौड कार्यक्रम गर्ने चलन रहेको छ। यो बर्ष रोयल पार्क हाफ म्याराथनमा बिश्वबाट १६००० प्रतियोगी भाग लिएको उक्त प्रतियोगितामा हालसम्म १००० भन्दा बढी च्यारिटी संस्थाहरुले ४३ मिलियन पाउण्ड बढी सहयोग संकलन गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ