arrow

पूर्व एमाले नेताका छोराले मच्चाए रडाको, रक्सीले मातेर प्रहरीमाथि नै हातपात

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
Drunk-dhami.jpg

दार्चुला। मादक पदार्थ सेवन गरी सरकारी मोटरसाइकल चलाउँदै प्रहरीलाई धम्क्याउने मालिकार्जुन गाउँपालिकाका सबईन्जिनियरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका मालिकार्जुन गाउँपालिका वडा नम्बर ३  घर भएका सुमेरु धामीले मादक पदार्थ सेवन गरी आइतबार राती गाउँपालिकाको म १ ब २८६ नम्बरको मोटरसाइकल चलाउँदै प्रहरीलाई धम्क्याउँदै गरेको भिडियो बाहिर आएको छ।

सबईन्जिनियर धामीले आइतबार राती शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर बजारको एक पसलमा मादक पदार्थ सेवन गरी गाउँपालिकाको सरकारी मोटरसाइकल दुरुपयोग समेत गरेका थिए।

अत्याधिक मादक पदार्थ सेवन गरेका सबईन्जिनियर धामीले चलाउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेपछि ईलाका प्रहरी गोकुलेश्वरमा कार्यरत प्रहरीले उद्धार गरेका थिए ।

उद्धार गर्ने प्रहरीमाथि मदिराको मातमा लठ्ठिएका सबईन्जिनियर धामीले हातपात समेत गरेका छन् ।

आइतबार राती ११ः१५ तिर कठपतेबाट गोकुलेश्वर बजारतर्फ गैइरहेका सबईन्जिनियर धामीले प्रहरीलाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक सुरज खड्काले जानकारी दिए । 

सबईन्जिनियर धामीले हानेको ढुंगा लागेर ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी जवान बलविर ऐरीको खुट्टामा चोट लागेको उनले बताए। ड्युटीमा रहेका बेला प्रहरी माथी हातपात गर्ने सबईन्जिनियर धामी विरुद्ध राष्ट्रसेवक कर्मचारीलाई बाधा गर्न नहुने कसुरमा मुद्धा चलाइने उनले बताए।

मादक पदार्थ सेवन गरेका सबईन्जिनियर धामीको गोकुलेश्वर अस्पतालमा आइतबार राती नै स्वास्थ्य परिक्षण गरिएको प्रहरी निरिक्षक खड्काले जानकारी दिए।

सबईन्जिनियर धामीले यस अघि असोज १९ गते सार्वजनिक बिदाको दिनमा पनि गाउँपालिकाको सोही मोटरसाईकल बिना अनुमति चलाएको हुदाँ मोटरसाईकल ट्राफिक प्रहरी गोकुलेश्वरले नियन्त्रणमा लिएको थियो । उक्त दिन पनि सबईन्जिनियर धामीले प्रहरीसंग विवाद गरेका थिए ।

यस्तै २०७५ साल माघ २५ गते महाकाली नगरपालिका वडा नम्बर ७ धापका झुसेराम ओडका छोरा किरन ओडलाई सोही मोटरसाइकलले ठक्कर दिएको थियो किरनको बाया खुट्टमा गहिरो चोट छ। त्यति बेला मालिकार्जुन गाउँपालिकाको १ लाख रुपैया लिएर केस मिलाएका सबईन्जिनियरका बुबा मोहन सिंह धामीले पिडितलाई एक पैसा समेत नदिएको खुल्न आएको छ ।

मालिकार्जुन गाउँपालिकाका सबईन्जिनियर सुमेरु धामी स्थानिय तहको चुनावमा तत्कालिन एमालेबाट मालिकार्जुन गाउँपालिका अध्यक्षमा पराजित भएका मोहन सिह धामीका छोरा हुन् ।

सबईन्जिनियर धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी निरिक्षक खड्काले जानकारी दिए।

सबईन्जिनियर धामीले सरकारी मोटरसाइकल विना लाइसेन्स चलाइरहेको समेत प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ