arrow

साप्ताहिक बिदा पारेर ढिलै भए पनि मनाए साइप्रस पुगेका नेपालीहरुले दशैं 

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
cypruss-congress-dashian.jpg

लार्नाका । साइप्रसमा बस्ने नेपालीहरुले ढिलै भएपनि दशैं मनाएका छन् । रोजगारी एवं कामको सिलसिलामा साइप्रस पुगेका नेपालीहरुले साप्ताहिक बिदा अन्तर्गत आइतबार दशैं मनाएका हुन् । 

विगतका वर्षहरुमा जस्तै नेपाली जनसम्पर्क समिति साइप्रसको आयोजनामा आयोजित २०७६ सालको विजया दशमीको  शुभकामना आदान प्रदान तथा टीका जमरा कार्यक्रममा सहभागी भएर साइप्रसमा रहेका नेपालीहरुले दशैं मनाएका हुन् । साइप्रसको लार्नाका शहरमा सम्पन्न भएको उक्त कार्यक्रममा साईप्रसका चारै क्षेत्रका लोकतन्त्रमा आस्था राख्ने नेपालीहरुको उपस्थित रहेको थियो । 

दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली जनसम्पर्क समितिकी सभापति सीता अर्यालले शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा साइप्रसमा बस्ने नेपालीसँगै अन्य विभिन्न देशबाट साइप्रसमा आएकाहरुले समेत टीका र जमरा ग्रहण गरेका थिए । 

ठूलाबडाबाट आशीर्वाद लिने चार्ड भएकाले नेपाली जनसम्पर्क समिति साइप्रसको विधान समितिको संयोजक सूर्यबहादुर राई र जनसम्पर्क समिति साइप्रसकी सभापति सीता अर्यालले संयुक्त रुपमा सबैलाई टीका जमरा लगाउँदै आशीर्वाद दिएकी थिइन् ।  

कार्यक्रममा नवनिर्वाचित नेपाली जनसम्पर्क समिति साइप्रसको सेप्टेम्बर १५ तारिखमा बसेको कार्यसमितिको दोस्रो बैठकले गरेको निर्णय अनुसार ४ महिनाभित्र चार वटै सहरमा क्षेत्रीय समिति गठन गर्ने भनिए बमोजिम लार्नाका क्षेत्रको क्षेत्रीय समिति पनि गठन गरिएको छ । 

जुन क्षेत्रीय समितिको संयोजकमा जनसम्पर्क समिति साईप्रसकी क्रियाशील सदस्य संगीता सुब्बाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको जनसम्पर्क समिति साइप्रसकी सभापति अर्यालले जानकारी दिइन्। 

जनसम्पर्क समितिको निमन्त्रणालाई स्वीकार गर्दै सो शुभकामना कार्यक्रममा एनआरएनए, प्रवासी मञ्चका प्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधि, जनसम्पर्क समितिका पदाधिकारी, क्रियाशिल सदस्य, साधारण सदस्य लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ