arrow

एनआरएनएप्रति युवाहरुको आकर्षण बढाउने योजनाका साथ हिमाल गुरुङको उम्मेदवारी

logo
प्रकाशित २०७६ असोज २८ मंगलबार
himal-gurung-nrn.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदका उम्मेदवार हिमाल गुरुङले दोस्रो पुस्तामा संस्थाप्रति आत्मियता बढाउने आफूसँग शसक्त योजनाहरु रहेको बताएका छन् ।

एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष तथा वर्तमान गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय समितिका सदस्य रहेका गुरुङले भूकम्पपछिको पुनःनिर्माणमा जस्तै नागरिकता प्राप्तीको अभियानमा युवाहरुलाई परिचालन गर्ने योजना पनि सुनाए ।

कास्की पोखराका गुरुङ नेदरल्याण्डमा संघको अध्यक्ष हुँदा प्रभावकारी कामहरु गरेका कारण अझै चर्चित छन् । उनले गोर्खा समुदाय र गैरआवासिय नेपाली समुदायलाई मतदान अधिकार प्राप्तीका सहकार्य गर्दै निष्कर्षमा पुर्याउने प्रशस्त योजनाहरु आफूसँग रहेको पनि बताए ।

गुरुङले विषेश गरेर दोश्रो पुस्ताका एनआरएनलाई एनआरएन अभियानको मुलप्रवाहमा समाहित गराउने विभिन्न खालका कार्यक्रमहरु गरि दोश्रो पुस्ताका एनआरएन र एनआरएन अभियानलाई जोड्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्।

संचार तथा प्रविधिमा दोश्रो पुस्ताका एनआरएनहरुले आर्जन गरेको सिप तथा नेपालमा सदुपयोग तथा परिचालन गरि संवृद्ध नेपालको यात्रामा सहयोग पुर्याउने समेत आफ्नो लक्ष्य रहेको उनले बताए ।

एनआरएनका वरिष्ट अग्रजहरु तथा विभिन्न देशका मित्रहरुले आफुलाई युवा संयोजकमा सहयोग गर्ने आश्वासन तथा सल्लाह दिनुभएको कारण पनि आफु उत्साहित भएको बताए ।

विश्व सम्मेलनमा विश्वका करिब ८१ देशका प्रतिनिधि नेपाल आइसकेका छन् । मंगलबार सम्मेलनको भब्य उद्घाटनको तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ