arrow

रंगभेदीको शिकार बन्यो इंगल्याण्ड, बाँदरको आवाज निकालेर दुर्व्यवहार

logo
प्रकाशित २०७६ असोज २८ मंगलबार
fan-racist.jpg

काठमाडौं । इंगलिश फुटबल टीम पटक पटक रंगेभदी दुर्व्यवहारको शिकार बन्दै गएको छ । यसअघि पनि उक्त घटनाबाट गुज्रिएको इंगल्याण्डलाई सोमबार रातिको खेलमा पनि बुल्गेरियाका समर्थकले त्यही व्यवहार गरेका थिए । 

युरोकप छनोट अन्तर्गतको छैटौं खेलमा इंगल्याण्डले बुल्गेरियामाथि उसकै मैदानमा ६–० को फराकिलो गोल अन्तरको जित निकालेको छ ।

तर उक्त जितको खुशी इंगलिश खेलाडीहरुले खुलेर गर्न सकेनन् । बुल्गेरियाका समर्थकले इंगल्याण्डका कालाजातिका खेलाडीलाई लक्षित गर्दै नाजी सलुट  गर्दै बाँदरको आवाज निकालेका थिए ।

यो गलत हर्कत रोक्नका लागि बुल्गेरियाका खेलाडीले नै आफ्ना समर्थकमाथि आग्रह गर्नुपरेको थियो । विरोध नरोकिए खेल रोक्ने चेतावनी आएपछि बुल्गेरियाका खेलाडीले आफ्ना समर्थकमाथि अनुरोध गर्नुपरेको हो । 

विशेष गरी रहिम स्टर्लिङमाथि अझ बढी दुव्र्यवहार भएको थियो । उनीहरुले सम्मान छैन भन्ने जर्सी नै लगाएका थिए । 

आफू दुर्व्यवहारमा परे पनि स्टर्लिङले गोल गर्न भने बिर्सेनन् । उनले दुई गोल गरे । त्यस्तै रोस बार्कलीले पनि दुई गोल गरे । मार्कोस रासफोर्ड र ह्यारी केनले एक एक गोल गरे । 

यो जितपछि समूह ‘ए’ को खेलमा शीर्ष स्थानको इंगल्याण्डले ६ खेलबाट १५ अंक जोडेको छ । 

३ अंकको बुल्गेरिया तालिकाको पुछारमा छ । सोमबार रातिको अर्को खेलमा कोसोभोले मोन्टेनेग्रोलाई २–० गोल अन्तरले हराएको छ । 

५ टोली रहेको समूहमा चेक रिपब्लिक १२ अंकसहित दोस्रो र कोसोभो ११ अंकसहित तेस्रो स्थानमा छ । मोन्टेनेग्रोको ३ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ