नेपाली क्रिकेटलाई नयाँ तरिकाले अगाडि बढाउन पारसको राजिनामा !
प्रकाशित २०७६ असोज २८ मंगलबार
485
Shares
काठमाडौं। नेपाली क्रिकेटका कप्तान पारस खड्काले आफ्नो पदबाट राजिनामा गरेका छन्। एक विज्ञप्ति जार गर्दै खड्काले नयाँ संरचनामा क्रिकेटलाई अगाडी बढाउन मार्ग प्रशस्त गरेको बताएका छन्।
करिब तीन बर्षदेखि निलम्बित नेपाल क्रिकेट संघ (क्यान)को निलम्ब आईतवार मात्र अन्तराष्ट्रीय क्रिकेट परिषदले फुकुवा गरेको थियो। क्यानको कार्य समितीको निर्वाचन पछि आईसीसीले उक्त निर्णय गरेको हो।
क्यानको नयाँ संरचना र निलम्बन फुकुवा पछि कार्य समितीलाई नयाँ शिराबाट काम गर्न सजिलो होस् भन्ने हेतुले खड्काले आफ्नो पदबाट राजिनामा दिएका हुन्। करिब एक दशकदेखि कप्तानीको भुमिका सम्हालिरहेका खड्काको एक्कासी राजिनामाको निर्णयले क्रिकेट समर्थकहरु बिच अन्यौल सिर्जना भएको छ।
सामाजिक संजालमा क्रिकेट प्रशंसकहरु अन्यौलमा रहेको र किन यस्तो गरे भन्ने जस्ता प्रश्नहरु खोजि रहेका छन्। क्यान कार्यसमितीले पुन: पारसलाई नै नयाँ कप्तान घोषणा गर्नु पर्ने कुराहरु पनि क्रिकेट प्रशंसकहरु बिच हुन थालेको छ।
पारसले अहिलेसम्म सहयोग गर्ने आफ्नो परिवार, खेलाडी, प्रशंसकहरुलाई धन्यवाद भन्दै राजिनामा दिएका छन्। क्यानले उनको राजिनामा स्विकृत नगरेसम्म र नायँ कप्तान नियुक्त नगरेसम्म प्रशंसक माझ अन्योल कायमै रहने छ।