arrow

मध्यान्तरसम्म बराबरी खेलेको नेपालले जोर्डनसँग तीन गोल खायो 

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
footballs.jpg

काठमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको चौथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । मंगलबार राति जोर्डनको घरेलु मैदानमा भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३–० ले पराजित भएको हो ।

मध्यान्तरसम्म गोलरहित बराबरी खेलेर सफल रणनीतिमा अगाडि बढेको नेपालले मध्यान्तरपछि भने तीन गोल खान पुगेको हो । 

फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक–एक गोल गरे । डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा फेरासले ५६ औं मिनेटमा पहिलो गोल गरे । 

८७ औं मिनेटमा अहमेदले र ८८ औं मिनेटमा फैसलले गोल गर्दै जोर्डनलाई जिताए । नेपालको मध्यान्तरपछिको रणनीति विफल हुँदा जोर्डनले फाइदा उठाएको हो । 

यो खेलपछि समूह ‘बी’ को जोर्डनले ३ खेलबाट ७ अंक जोडेको छ । जोर्डन समूहको दोस्रो स्थानमा छ । छनोटमा तेस्रो हार ब्यहोरेको नेपाल ४ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ ।

३ खेलबाट ९ अंकको अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ ।

नेपालले निरन्तर चार ओटा खेल अवेका रुपमा खेलेको हो । यसअघि नेपाल कुवेतसंग ७–० ले र अष्ट्रेलियासंग ५–० ले पराजित भएको थियो भने चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो । 

अब बाँकी चार ओटा खेल नेपालले होम खेलका रुपमा खेल्नेछ । पहिलो खेल मंसिर ३ गते कुवेतविरुद्ध हुनेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ