arrow

ईटालीको आक्रामक यात्रा 

८ खेलमा २५ गोल गर्दा ३ खेलमा ३ गोलमात्र खायो 

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
italy6.jpg

काठमाडौं । युरोकप छनोट फुटबलमा ईटालीले आक्रामक यात्रालाई कायमै राखेको छ । ईटालीले अहिलेसम्म खेलेका छनोटका ८ खेलमा सबैमा विजयी नतिजा निकालेको छ । 

आठौं खेलमा मंगलबार राति ईटालीले लिचटेन्सटेन्टलाई ५–० गोल अन्तरले हरायो । लिचतेन्सटेन्टको मैदानमा भएको खेलमा ईटालीलाई जिताउन एन्ड्रे बेलोट्टीले २ गोल गरे । 

फेडेरिको बर्नाडेस्ची, एलेसियो रोमाग्नोली र स्टेफान एल शार्रेले एक–एक गोल गरे । अहिलेसम्म खेलेका ८ खेलमा २५ गोल गरेको ईटालीले ३ खेलमा ३ गोलमात्र खाएको छ । 

यसअघि कसलाई हरायो ? 
पहिलो खेलमा फिनल्यान्डलाई २–० ले । 
दोस्रो खेलमा लिचटेन्सटेन्टलाई ६–० ले ।
तेस्रो खेलमा ग्रीसलाई ३–० ले । 
चौथो खेलमा बोस्निया एन्ड हर्ज गोबिनालाई २–१ ले । 
पाँचौं खेलमा अर्मेनियालाई ३–१ ले । 
छैटौं खेलमा फिनल्यान्डलाई २–१ ले । 
सातौं खेलमा ग्रीसलाई २–० ले । 
आठौं खेलमा लिचटेन्सटेन्टलाई ५–० ले । 
नवौं खेलमा नोभेम्बर १६ मा बोस्निया हर्जगोबिनासंग खेल्दै ?–?
दशौं खेलमा नोभेम्बर १९ मा अर्मेनियासंग खेल्दै ?–? । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ