arrow

एनआरएनए एसिया प्रशान्त क्षेत्रीय संयोजकमा केपी सिटौला बलियो

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
kp-sitaula1.jpg

काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन औपचारिक रुपमा मंगलबारबाट काठमाडौंमा शुरु भएको छ । विश्वभरबाट  अधिवेशनमा सहभागी हुन एनआरएनएका प्रतिनिधिहरु भेला भएका छन् ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । बुधवार नयाँ नेतृत्व चयनको लागि मतदान समेत हुँदैछ । अध्यक्षमा कुल आचार्य र कुमार पन्तको प्रतिष्पर्धा हुँदैछ भने तलका अन्य पदमा पनि मतदान हुँदैछ । सबैतिर ठूला पदको बारेमा मात्रै चर्चा छ । तर साना पदमा हुने कडा प्रतिष्पर्धामा धेरैको चासो कम भए पनि यसको  महत्त्व धेरै छ। 

यस्तै मध्येको  एनआरएनए एसिया प्रशान्त क्षेत्रको संयोजक एक पदको लागि हुने निर्वाचनको लागि कोरिया निवासी केपी सिटौला (कृष्णप्रसाद सिटौला) बलियो उम्मेदवारको रुपमा देखिएका छन् । उनलाई मतदाताहरुले साझा उम्मेदवारको रुपमा समेत लिएका छ्न् । उनी सँगैका अन्य २ जना उम्मेदवारहरु प्रतिनिधिहरुबीच त्यति घुलमिल नभएपछि एसिया क्षेत्रका प्रतिनिधिको रोजाइमा सिटौला परेका हुन् । 

अब्बल पर्यटन व्यावसायीको रुपमा चिनिएका सिटौलाको कोरियामा मात्रै नभई एसिया क्षेत्रमा राम्रो प्रभाव छ । उनले नेपालको पर्यटन विकासको लागि कोरियाका विभिन्न एजेन्सीहरुसँग लामो समयदेखि व्यावसायिक रुपमा सहकार्य गर्दै आएका छन् । आवश्यक विषय वस्तु तथ्य तर्क र कार्य गर्ने सिटौला भद्र ब्यक्तिको रुपमा चिनिन्छन् ।

कोरिया लगायत एसियाका अन्य मुलुकमा पर्यटनका विषयबस्तुमा पर्यटन बोर्ड लगायतका निकायहरूले उनीसँग विगत लामो समयदेखि सहकार्य गर्दै आएको छ । अझ त उनी कोरियाको लागि नेपाल पर्यटन बोर्डले नियुक्त गरेको पर्यटन दूतसमेत हुन् । 

यसै कारणले पनि उनी पर्यटनको क्षेत्रमा झन लोकप्रिय छन्। आफूले कुरा भन्दा काम गर्ने भएकोले प्रतिनिधिहरुले आफ्नो विश्वास जित्ने अपेक्षा लिएको सिटौला बताउँछन् । सिटौलाको  बाहिर लगानी मार्फत् पर्यटन विकासबाट गर्ने मुख्य एजेन्डा हो ।

‘मैले हिजो पदमा हुँदा पनि नहुँदा पनि भ्याएसम्म नेपालको पर्यटन विकासको क्षेत्रमा बाहिरी पहुँच विस्तारमा योगदान गरेको छु । मेरो योगदान विभिन्न  निकायहरुमा अभिलेखको रुपमासमेत सुरक्षित छ । अब पनि त्यहि काम निरन्तर हो’, सिटौला भन्छन् ।

सिटौलालाई विजय बनाउन उनका समर्थकहरु समेत कोरियाबाट नेपाल आएका छन् । उनलाई एसिया प्रशान्त देशका कम्तीमा आठ देशका प्रतिनिधिले मतदान गर्न पाउने छन्।  नेपालको झापा निवासी सिटौलाको कोरियामा रेस्टुरेन्ट व्यवसायसमेत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ