arrow

गणेश लावतीको गृह नगरमा पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल

भारत र भुटानका टाेली सामेल हुने

logo
दिपक बोहोरा,
प्रकाशित २०७२ चैत २४ बुधबार
foot.jpg.jpeg
 पाँचथर । ऐतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकालबाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अवसरमा पारी कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुन लागेको हो । 
 
यासोक क्षेत्रबाट गणेश लावती जस्ता खेलाडी उत्पादन भएपनि हालसम्म ठूला प्रतियोगिता नभएकाले कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको आयोजना गर्न लागिएको आयोजकले पत्रकार समेलनमा जानकारी दिए । वैशाख ४ देखि १० सम्म सञ्चाल हुने खेलमा आयोजक यासोक सहित भारत, भुटान र पूर्वाञ्चल क्षेत्रका फुटबल टिम सहभागी हुने मेला व्यवस्थापन समिति अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।
 
कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको विजेताले १ लाख ५० हजार  र उपविजेताले ७५ हजार रुपैँया पुरस्कार पाउने आयोजकले जनाए । खेल सञ्चालन गर्न कम्तिमा पनि २५ लाख खर्च लाग्ने अनुमान रहेको थापाले बताए । फुटबलसंगै प्रथम कुभ्भायक कुस्सायक नकआउट भलिवल प्रतियोगिता समेत सञ्चालन हुने आयोजकले जानकारी दिए । भलिवलको विजेताले ४० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउने छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ