- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को बुधवार हुने निर्वाचनमा केन्द्रीय प्रतिनिधि फर्जी भएको आशंकामा निष्पक्ष छानविन गरेर मात्र निर्वाचन गर्न माग गरिएको छ ।
प्रकाशित नामावालीमा गैर आवासिय नेपालीको संख्या १९ सय देखि २१ सय हुनुपर्नेमा २६ सय पुर्याइएको भन्दै निर्वाचन समितिको कार्यालयलाई निश्पक्ष छानविन गर्न २ दर्जन अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरुले माग गरेका छन् ।
उनीहरूले बाँकी थप भएका ५ सय जना प्रतिनिधिको राहदानि र भिषाको निश्पक्ष छानविको माग समेत गरेका छन् ।