एनआरएनए मध्यपूर्वमा निर्विरोध, संयोजकमा गुरुङ, उपसंयोजकमा गोर्खाली र अर्याल
प्रकाशित २०७६ असोज २९ बुधबार
734
Shares
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका का लागि आज निर्वाचन हुँदै गर्दा मध्यपूर्वमा भने निर्विरोध भएको छ। एनआरएनए मध्यपूर्वको संयोजकमा प्रविण गुरुङ र मनोज श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी दिए पनि आज उनीहरुबीच सहमति भएसँगै संयोजक र उपसंयोजक दुबै निर्विरोध चयन भएका हुन्। योसँगै गुरुङ एनआरएनए मध्यपूर्व संयोजक बनेका छन् भने उपसंयोजकमा गोर्खाली र जोन अर्याल निर्विरोध चयन भएका हुन्।
यसअघि गोर्खालीले संयोजकमा गुरुङलाई सघाउने निर्णय गर्दै संयोजकबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। निर्वाचन समितिले तोकेको समयसिमाभित्र मध्यपूर्व संयोजक र उपसंयोजकमा तीन जना बाहेक अन्य कसैको पनि दावि विरोध नभएपछि गुरुङ, गोर्खाली र अर्याल निर्विरोध चयन भएका हुन्।
निर्विरोध चयन भएका गुरुङले सहमतिका साथ अगाडि बढ्दा एकातिर उम्मेदवार र सदस्यहरुमा समेत ‘पोजेटिभ म्यासेज’ जाने र अर्कोतिर काम गर्न पनि सहज हुने विश्वास व्यक्त गरे।
बाँकी अन्य पदमा भने निर्वाचन हुने भएको छ। अध्यक्षका प्रत्यासी एवम् वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले गैरआवासीय नेपाली संघको नेतृत्वका समूह नै बनाएर उम्मेदवारी दर्ता गराएका छन्।