arrow

एनआरएनए महासचिव र कोषाध्यक्षको प्रतिवेदन ‘फ्लोर’बाट फेल

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
nrna1.jpg

काठमाडौं। एनआरएनएको ९ औ बिश्व सम्मेलनको पहिलो दिन भएको सत्रमा महासचिव बद्री केसीद्वारा प्रस्तुत प्रतिवेदन फ्लोरबाट विरोध भइ पास नभएको बताइएको छ।

त्यसैगरि कोषाध्यक्ष हिक्मत थापाको आर्थिक प्रतिबेदन पनि फ्लोरले पास नगरेको सम्मेलनमा सहभागी पुस्प थापाले जनाएका छ्न्।

महासचिव केसीले कपोलकल्पित, झुटा र भ्रमित बिषयहरुलाई समेटेर प्रतिवेदन तयार गरेको भन्दै विरोध भएको एक प्रतिनिधीले बताए।

बिश्वका विभिन्न मुलुकहरुबाट आएका एनआरएनहरुले उठान गरेका प्रश्नहरुले  एनआरएनए नेतृत्वलाई नतमस्तक बनाएको थियो।

सचिव जानकी गुरुङ र महिला उपाध्यक्ष सपिला राजभण्डारीले ड्यासबाटै महासचिवको प्रतिवेदनको बिरोध गरेका थिए। 

पूर्व अध्यक्ष देवमान हिराचन र शेष घले पनि असहमति जनाएको बताइएको छ। महासचिव बद्री केसीको प्रतिवेदनको फ्लोरबाट नै निकै विरोध भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ