arrow

गांगुलीको कोहलीलाई सुझाव- ‘आईसीसीका प्रतियोगिताहरु जित्न ध्यान देउ’

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
kohli-ganguly.jpg

एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)का हुनेवाला अध्यक्ष सौरभ गागुंलीले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई अन्तराष्ट्रीय क्रिकेट परिषद (आईसीसी)का प्रतियोगिताहरुमा ध्यान दिन सल्लाह दिएका छन्।

गांगुलीले अहिलेको भारतीय टोलीको प्रशंसा गर्दै भनेका छन् ‘ मेरो टोली भन्दा यो टोली राम्रो छ र टोलीमा प्रतिभावान खेलाडीहरुको बाहुल्यता छ।‘ भारतले सन् २०१३मा महेन्द्र सिंह धोनीको कप्तानीमा च्याम्पियन्स ट्रफी जिते पछि कुनै आईसीसीको प्रतियोगिता जितेको छैन।

गागुंलीले भने ‘ आइसीसी प्रतियोगिताहरु जित्न तर्फ कोहलीको ध्यान हुनु पर्छ । उनी च्याम्पियन खेलाडी हुन् र उनले यस बारे राम्ररी सोच्ने छन्। मलाई थाहा छ सबै प्रतियोगिता जित्न संभव छैन तर भारतले लामो समयदेखि प्रतियोगिताहरु जितेको छैन्।‘ कोहली अहिले भारतीय क्रिकेटमा टेष्ट, एकदिवशीय र टि-२० तिनै फर्म्याटका कप्तान हुन्।

गांगुलीले आफुलाई नतिजा चाहिने स्पष्ट पारिसकेका छन्। उनी कप्तानका रुपमा पनि आक्रमक रहन्थे र उनले बिसीसीआईको अध्यक्ष पदभार सम्हाले पछि उस्तै आक्रमक हुने सन्देश दिएका छन्। गांगुलीको आगमनले भारतीय क्रिकेटमा केही सकरात्मक बदलाव आउन सक्ने संकेत देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ