arrow

गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी

logo
रासस,
प्रकाशित २०७६ असोज २९ बुधबार
nrn-2019-nepal.jpg

काठमाडौं। गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन्। सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए।

मङ्गलबार साँझदेखि आज अपराह्न ३:०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने उनले बताए। निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन्। उनका अनुसार सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ। 

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकीथिइन्। बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन्। सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नु हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ