arrow

महेश श्रेष्ठ र गौरी जोशीलाई कुल आचार्य समूहमा समेत राखिएपछि चुनावी समिकरण बन्यो अर्थपूर्ण

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
nrn-kul-acharya-Gauri-Joshi-Mahesh-Kumar-Shrestha.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नका लागि उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिए पनि यसक्रममा बनेका समिकरणले चुनावी माहौललाई अर्थपूर्ण बनाएको छ। 

अध्यक्षका प्रत्यासी एवं संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिए पनि कोषाध्यक्षका आचार्य निकट उमेद्वार सोम सापकोटाले उमेद्वारी फिर्ता लिएर अर्का उमेद्वार महेश श्रेष्ठलाई समर्थन गरेका थिए।

यसबाट महेश श्रेष्ठ वलियो हुँदै गर्दा चुनावी समिकरणमा पनि केहि फरक पर्ने अनुमान गरिएको छ। महेशको नाम अहिले कुल आचार्य र कुमार पन्त दुवैले कोषाध्यक्षमा राखेका छन्।

पन्तको तर्फबाट सचिवमा उम्मेदवार हुने चर्चामा रहेका गौरी जोशीको नाम आचार्यको प्यानलमा समेत समेटिएको छ। यसबाट समेत चुनावी समिकरण प्रभावित हुने अनुमान गरिएको छ। 

श्रेष्ठ जापान लगायत मध्यपूर्व सहितका देश तथा जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमा निकै प्रभावशाली मानिन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ