arrow

निदान अस्पतालका सीइओसहित पाँच जना मिर्गौला किनबेच आरोपमा पक्राउ

logo
प्रकाशित २०७६ असोज २९ बुधबार
nidan-hospital.jpg

काठमाडौँ । नेपाल प्रहरीले ललितपुरको निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।  प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक व्यक्तिको नाममा नक्कली व्यक्ति खडा गरी मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न पाँच जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।     
     
 पक्राउ पर्नेमा काठमाडौँका विपेन्द्र प्रधान, डा राजेश पन्त, ललितपुरका रामचन्द्र आले, कञ्चनपुरका कुमुदकुमार भट्टराई र रामेछापका शङ्करलाल लामा रहेका छन् । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले निदान अस्पतालमा अर्काको नाममा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिए ।    
     
 पक्राउ परेका व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ