arrow

सन्दीप लामिछाने महंगो मुल्यमा अनुबन्धित

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
sandeep-lamichhene-delhi1.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका होनहार लेग स्पिनर सन्दीप लामिछाने महंगो मुल्यमा अनुबन्धित भएका छन् ।

सन्दीप युएईमा हुने टी–१० लिगका लागि पनि अनुबन्धित भएका हुनन् । उनी कर्नाटका टुसकेर्समा अनुबन्धित भएका हुन् । 

सन्दीपलाई टिमले ४५ हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो । सन्दीपलाई कर्नाटकाले पहिलो चरणमै लिएको हो । सन्दीपले गत सिजन केरलाबाट खेलेका थिए ।

नोभेम्बर १५ देखि २४ तारिखसम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

यता सन्दीप हालै इंग्ल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ