काठमाडौं । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिकको आरसी निर्वाचनका लागि अजिब गुरुङ (ओम) लाई अर्का उम्मेदवार केपी सिटौलाले समर्थन गरेका छन् ।
चुनावी मैदानमा दुवै जना उत्रिएका भए पनि बुधबार मतदान बीचमै स्थगित भएपछि ‘ओभरनाइट’ मा बनेको समीकरणमा सिटौलाले ओमलाई समर्थन गरी उम्मेदवारीबाट हात झिकेका हुन् ।
मतपत्रमा नाम भए पनि सिटौलाले आफूलाई नभइ ओमलाई मत हाल्नेछन् ।
त्यसैगरी कोषाध्यक्षमा पनि सोम सापकोटाले महेश श्रेष्ठलाई समर्थन गरेका छन् ।