arrow

आफूलाई नपर्ने भएपछि नेकपा निकट ठेकेदारले च्याते टेण्डरका कागजपत्र, पुगे प्रहरी हिरासतमा

logo
सुशील भण्डारी,
प्रकाशित २०७६ असोज ३० बिहिबार
arrest.jpg.jpeg

अछाम। अछामको चौरपाटी गाउँ पालिकाका बिद्यालय भवन ठेक्काको दरभाउ पत्र च्यात्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

चौरपाटी गाउँपालिकाका शान्ति माबी मार्कुको ८२ लाख ५० हजार ८२५ र दयापिपल तोला माबी लुङ्राको ८३ लाख ८० हजार ५३ रकमको दर्ता भएका टेण्डर च्यात्ने चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायल निवासी बम बहादुर धामी, अनिल कुँवर र वडा नम्बर ७ मार्कुका धन बहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको हो । 

ब्यबसायी रामबहादुर खड्काले कम मूल्यमा टेण्डर हालेको र उनैले ठेक्का पाउने थाहा पाएपछि नेकपा निकटका ठेकेदार बमबहादुर धामीले आक्रोशमा आएर सबै कागज च्यातेको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। बमबहादुर धामीको नेतृत्वमा आएका एक हुलले कार्यालय भित्रै पसेर दर्ता भएको टेन्डर च्यातेका थिए।

मध्यान्ह १२ बजे दर्ताको समय सकिएको र दिउँसो २ बजे टेन्डर खोल्ने क्रममा अराजक समुहले टेन्डर च्यातेको थियो। उक्त कार्यमा संलग्न तीन जनालाई नै जिल्ला प्रहरी कार्यालय अछाम ल्याइएको इलाका प्रहरी कार्यालय साफेका प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए। 

यसैबिच निमार्ण ब्यवसायी संघ अछामले चौरपाटी गाउँपालिकामा भएको टेण्डर प्रकृया अवरोधप्रति आपत्ति जनाएको छ। संघले प्रेस बिज्ञप्ती निकाल्दै चौरपार्टी गाउँपालिकामा भएको टेण्डर प्रकृयामा केहि उछृङखल ब्यक्तिहरुले टेण्डर खोल्ने क्रममा दर्ता भएका टेण्डरहरु च्यातेर फाली टेण्डर प्रकृयामा अवरोध पुरयाएकोले उक्त कार्यको निमार्ण ब्यवसायी संघ अछाम घोर निन्दा एवम भत्सर्ना गर्दछ भनेको छ। साथै संघले दर्ता भएका टेण्डर च्यात्ने ब्यक्तीहरुलाई कडा कार्वाहीका लागी जोडदार माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ