arrow

हायातमा प्रहरीको लाठीचार्जमा एनआरएनएका महतो घाइते

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
Mahato-swiss.jpg

काठमाडौं। एनआरएनएको मतगणनास्थल हायात होटलमा प्रहरीको लाठीचार्जमा परी जनसम्पर्क समिती स्विसका निबर्तमान अध्यक्ष राम महतो घाइते भएका छ्न्। 

गैरआवासिय नेपाली संघ एनआरएनएको मतगणना शुरु हुनै लाग्दा होटल हायातमा प्रहरीले लाठीचार्ज गर्दा सम्मेलनका प्रतिनिधी महतो घाईते भएका हुन्। उनको हातमा चोट लागेको छ।

अध्यक्षका प्रत्यासी कुल आचार्यलाई नै मतगणनास्थलमा जान रोकिएपछि भएको विवादमा प्रहरीले लाठीचार्ज गरिएको पत्रकार विजय शर्मा दर्पणले जनाए।

सम्मेलनका प्रतिनिधीहरुको विरोध पछि आचार्यलाई मतगणनास्थलमा जान दिईएको थियो।

कुल २३ सय ४४ मतदाताले गरेको मतदानको मतपरिणाम शुक्रवार अवेरसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ