arrow

‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ कार्तिक ४ गतेबाट 

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
dpl-press-conference.jpg

डोटी । दिपायलमा ‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । दुई लाख ११ हजार एक सय ११ प्रथम पुरुस्कार राशीको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । 

आयोजक संस्था नयाँ समाज नेपालले बिहीबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्तिक ४ गतेबाट प्रतियोगिता आयोजना हुन लागेको सार्वजनिक गरेको छ । 

‘दिपायलमा बिगत वर्षहरुदेखि नै यही समयमा ठूला क्रिकेट प्रतियोगिता आयोजना हुँदैआएका छन्,’ आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले भने, ‘त्यसको निरन्तरता पनि रहोस् र क्रिकेट क्षेत्रमा विशिष्ठ प्रतियोगिताको पनि शुरुवात गरौं भनेर यो प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’

प्रतियोगितामा देशभरकै टीमहरु सहभागी हुनसक्ने आयोजकले जनाएको छ । जसमा कम्तिमा १२ वटा टिमहरु आउन सक्ने आयोजकको अपेक्षा छ ।

 ‘हाम्रा अपेक्षा देशका विभिन्न ठाउँका टिमहरु आइदिउन् र बिगत बर्षहरुमा जस्तै राष्ट्रिय टिममा रहेर खेलिरहेका खेलाडीहरु दिपायलको मैदानमा उत्रिउन् भन्ने हो,’ अध्यक्ष कठायतले भने । 

प्रतियोगिता दिपायलस्थित खप्तड रंगशालामा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु टी–ट्वेन्टी फर्मेटमा हुने आयोजकले जनाएको छ ।  

शुरुवाती खेलहरु लिगमा हुने र क्वार्टरफाईनलपछि नकआउट चरणमा खेल हुने जनाईएको छ । प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’, ‘वेष्ट बलर’ र ‘वेष्ट व्याट्सम्यान’लाई पनि पुरस्कारको व्यबस्था गरिएको आयोजक संस्थाले जनाएको छ । 

यस्तै क्वार्टरफाईनलपछिका खेलहरुमा ‘म्यान अफ द म्याच’को पनि व्यवस्था रहेको जनाईएको छ ।  प्रतियोगितालाई डोटीका स्थानीय तहहरुले प्रायोजन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ