arrow

उत्कृष्ठ वर्ष खेलाडीलाई १० हजारको सम्मान

“आदर्श खेलाडी पुरस्कार” एक जनालाई, राशी २५ हजार

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
kheladi-samman-2.jpg.jpeg
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि वर्ष उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरबार स्क्वायरमा चैत २६ गते आयोजना हुने वर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा २५ खेलका सम्बन्धित खेल संघले उपलब्ध गराएको उत्कृष्ट खेलाडीहरुलाई विगतमा झै १० हजारले सम्मान गर्न लागिएको बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएका छन् ।
 
सम्मान कार्यक्रममा एथलेटिक्स, आर्चरी, बक्सिङ्ग, ब्याडमिन्टन, बास्केटबल, उसु, तेक्वान्दो, कराते, जुडो, सुटिङ्ग, जिम्न्यास्टिक, लन टेनिस, कुस्ती, सफ्ट टेनिस, भारोत्तोलन, क्रिकेट, टेबल टेनिस, फुटबल, साईक्लिङ्ग, गल्फ, सेपाक ताक्रो, पौडी, ट्राईयाथलन, फेन्सिङ्ग र ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग खेललाई समावेश गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
 
यस्तै खेलाडी संघको सिफारिसमा गजराज जोशी फाउन्डेशनद्वारा प्रदान गरिने “आदर्श खेलाडी पुरस्कार” एक जनालाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशी २५ हजार रहेको छ । यस वर्षको वैशाख महिनामा गएको भूकम्पले क्षती भएको नेपालको पर्यटकिय नगरी भक्तपुरको दरबार स्क्वायरको खुला चौरमा आयोजना गर्न लागिएको कार्यक्रमलाई भक्तपुर नगरपालिकाको साथ छ । कार्यक्रमले भूकम्पका कारण क्षतीबाटमाथि उठ्न खोजेको भक्तपुरमा पर्यटकको संख्या बृद्धि गर्न सहयोग पुग्ने भक्तपुर नगरपालिकाका प्रतिनिधी गौतम लासिवाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ