- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्व कुमार पन्तको हातमा गएको छ । काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनले पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो । पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन्।
निकै प्रतिस्पर्धा भए पनि पन्तले बाजी मारेका हुन् । मतगणनाको सुरुवाती चरणमा भने आचार्य अगाडि रहेका थिए । पन्तले १२ सय १७ मत तथा आचार्यले एक हजार ७० मत पाएका छन् ।
अन्य विजेताहरुमा – उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।
महासचिवमा हेमराज शर्मा तथा सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भए ।
कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ तथा सह–कोषाध्यक्षमा लोक दाहाल विजयी भए । महिला संयोजकमा भोमा लिम्बू विजयी भएकी छिन् ।
बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार बिहानमात्र सकिएको हो । निर्वाचनमा दुई हजार ५ सय ७० मतदाता रहेकोमा दुई हजार ३ सय ४० मत खसेको थियो।
थप विवरण केही बेरमा...