arrow

नेपाल र भारतबिच सनातन हिन्दु धर्मको सम्बन्ध अटुट : प्रदेश प्रमुख कायस्थ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
gaganath.JPG

जनकपुरधाम। प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपाल र भारतबिच हुने गरेको धार्मिक मैत्री यात्राले दुई देशबिचको सम्बन्ध झनै सुमधुर हुने बताएका छन्  ।

जानकी मन्दिर जनकपुरधामद्वारा आयोजित स्वमी श्री दिव्यानन्द महराजको स्वागत तथा अभिनन्दन समारोहलाई सम्बोधन गर्दे प्रमुख कायस्थले दुई देश बिच सनातन हिन्दु धर्मको सम्बन्ध अटुट रहेको बताए ।

दिव्यानन्द महाराजद्वारा भारतको जगन्नाथ पुरीदेखि नेपालको जनकपुरधाम हुँदै काठमाण्डौको पशुपतिनाथ मन्दिरसम्म हुन गईरहेको धार्मिक मैत्री यात्राले सनातन धर्मलाई जागृत गर्ने अभियानका रुपमा सदैव स्मरणीय रहने बताए ।

प्रदेश प्रमुख कायस्थले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहसँग जनकपुरधामलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीय नगरी बनाउन आवश्यक सहयोगका लागि प्रदेश तथा संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए।

स्वामी दिव्यानन्द महाराज भारतको जगन्नाथ मन्दिर सिँहद्धारबाट जनकपुरधाम हुदै काठमाण्डौको पशुपतिनाथ मन्दिर सम्मको मैत्री यात्रा गर्ने सिलसिलामा जनकपुरधाममा जानकी मन्दिरका महन्थले स्वागत तथा अभिनन्दन गरेका छन ।  साथै आउँदो बिवाहपञ्चमी महोत्सवमा करीब सात सय जयन्ती लिएर जनकपुरधाम आउने जानकारी समेत गराएका छन ।

कार्यक्रममा स्वामी श्री दिव्यानन्द महराज लगायत उनका शिष्य शँकर शरण परिदा, मनोज त्रिपाठी र परेश नायकलाई सम्मान गरियो। कार्यक्रममा स्वमी दिव्यानन्दले दुई देश बिचको धार्मिक सम्बन्धलाई पुर्न जागृत गर्न मैत्री यात्रा निकालेक बताए ।

त्यस्तै,प्रदेश नम्बर दुईका  भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले यस किसिमको धार्मिक यात्राले धार्मिक, साँस्कृतिक पक्षको विकास हुनुको साथै आर्थिक विकासमा समेत थप टेवा पुरयाउने बिश्वास व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य जनकपुरधाम उपमहानगरपालिका  मेयर लाल किशोर साहले राखेका थिए भने अध्यक्षता जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ