arrow

मृत्युलाई जितेका अमिताभ

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
amitabh.jpg

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न समाचार वाहिरिएका छन् । शुक्रबार तीन दिनदेखि अस्पतालमा भर्ना भएको समाचार सार्वजनिक भएको छ । यद्यपि उनको अस्पताल भर्ना सम्बन्धी कुनै आधिकारिक जानकारी हालसम्म खुलाइएको छैन। उनी नियमित परिक्षणको लागि अस्पताल गएको बताइएको छ। अमिताभ बच्चन लामो समयदेखि स्वास्थ्य समस्या झेली रहेका छन् ।

अमिताभलाई गम्भीर रोगहरूको संक्रमण छ । उनको कलेजो ७५ प्रतिशत काम नगर्ने भएको छ । उनि २५ प्रतिशत कलेजोले जीवित छन् । योभन्दा पहिले उनले मृत्युलाई जितेर नयाँ जीवन प्राप्त गरेका थिए । त्यसैले अगस्त २ लाई उनको दोस्रो जन्मदिन मानिन्छ। अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले पनि एकपटक भनेका थिए कि २ अगस्तमा डाक्टरहरूले बुवालाई नयाँ जीवन दिए, त्यसैले यो दिन उनको दोस्रो जन्मदिन हो।

सन् १९८२ मा कुल्लीको सुटिङ्गको बेला फिल्मको सेटमा अमिताभसँग एउटा घटना घटेको थियो जसले उनको ज्यान झन्डै गुमेको थियो । बंगलोरमा फिल्मको सुटिङ्ग भइरहेको थियो। सेटमा फाइट सिनको बेला खलनायकको दमदार मुक्का अमिताभको पेटमा लाग्यो र उनि स्टिलको टेबलमा बजारिए । यसबाट उनको पेटमा गहिरो चोट लागेको थियो ।

यस घटनापछि, अमिताभको अपरेसन करीव ७२ घण्टासम्म पनि गरिएको थिएन, जसको कारण उनीको समस्या अझ बढ्यो। जब अमिताभलाई अस्पतालमा भर्ना गरियो, तब उनी जीवन र मृत्युसँग संघर्ष गरिरहेका थिए ।

यस अवधिमा, अमिताभ बच्चनले अस्पतालमा लामो लडाई लडे ।  उनलाई सो समय डाक्टरहरूले क्लीनिकली डेड घोषित गरेका थिए । तर अमिताभले अस्पतालमा लगभग २ महिना बिताएपछि ठिक भए । संसारभरका प्रशंसकहरूले धार्मिक स्थालहरूमा पुगेर उनको लागि प्रार्थना गरेका थिए ।

अमिताभ बच्चन स्वस्थ भएर  घर फर्किदा दर्शकहरु सडकमा थिए ।  मुम्बईका सडकहरू उनका पोस्टरहरूले भरिएको थियो । उनका लागि मानिसहरूले पूजा हवन समेत गराएका थिए।  मानिसहरूको भीड उनको घरमा उनलाई पर्खिरहेका थिए। घर पुगेपछि उनले हात हल्लाएर आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए ।

हालै अमिताभ बच्चन आफैले कलेजोको ७५ प्रतिशत प्रतिशत बिग्रेको र २५ प्रतिशत कलेजोको साथ मात्र जीवन बिताइरहेको बताएका थिए ।

एक कार्यक्रमका क्रममा अमिताभ बच्चनले भनेका थिए,'  मलाई यो भन्नमा कुनै आपत्ति छैन कि म क्षयरोग (टीबी) र हेपेटाइटिस बीबाट पीडित छु । मलाई यो पनि थाहा भएन लगभग ८ बर्षदेखि मलाई क्षयरोग लागेको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ