arrow

दुर्घटनामा भएको थियो ‘सूर्यवंशम’की नायिकाको मृत्यु, यसकारण देखाइन्छ बारम्बार

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
suryabamsan.jpg

काठमाडौं । अमिताभ बच्चन र सौन्दर्याको मुख्य भूमिका रहेको फिल्म सूर्यवंशम जतिबेला हलमा प्रदर्शनमा आएको थियो, त्यतिबेला दर्शकलार्ई यो फिल्म खासै मन परेको थिएन । तर, यो टिभीमा सबैभन्दा बढी देखाइने फिल्म हो ।

यो फिल्मबाट दक्षिण भारतीय फिल्मकी नायिका सौन्दर्याले बलिउडमा प्रवेश गरेकी थिइन् । सौन्दर्याको निधन सन् २००४ अप्रिल १७ मा ३१ वर्षको उमेरमा भएको थियो । सौन्दर्या भारतीय जनता पार्टीका उम्मेदवारका लागि निर्वाचन प्रचारका लागि करीमनगर गइरहेकी थिइन्, त्यतिबेला बेंग्लोरको जक्कुर एयरफिल्डबाट उडान गरिरहेकी उनको हेलिकोप्टर १ सय फिटसम्म पुगेको थियो । त्यसपछि विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा परी सौन्दर्या, उनका भाइ र अन्य दुई जनाको ज्यान गएको थियो । त्यतिबेला उनी सात महीनाकी गर्भवती थिइन् ।

सूर्यवंशम भारतीय टीभी च्यानल सेट म्याक्समा अत्यधिक देखाइने गरिएको छ । अमिताभ पनि यो कुरालाई स्वीकार गर्छन् । ग्रामीण भारतमा यो फिल्म मन पराउनेको संख्या उल्लेख्य रहेको छ ।

 यो फिल्म बारम्बार प्रशारण गरिनुको कारण यो फिल्मबारे भएको सम्झौता हो । उक्त च्यानलले हलमा प्रशारण हुने बेलामा नै यो फिल्मको प्रशारणको अधिकार एक सय वर्षसम्मका लागि खरिद गरेको थियो । जसको कारण उक्त फिल्म सो च्यानलमा बारम्बार देखाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ