arrow

फौजदारी अभियोगमा सजायँ पाएका थापा क्यानको सीईओ बन्ने दौडधुपमा

logo
राजु रिमाल,
प्रकाशित २०७६ कार्तिक २ शनिबार
thakur-court-verdict-can.jpg

काठमाडौं । चार बर्षदेखि नेतृत्वविहीन बनेको नेपाल क्रिकेट संघ(क्यान)ले बल्लबल्ल नेतृत्व पाएको छ । प्रजातन्त्रवादी विचार बोक्ने चतुरबहादुर चन्द क्यानमा बिजयी भएसँगै क्रिकेटको विकासले गति लिने अपेक्षा गरिएको छ । तर क्यानको रिक्त कार्यकारी प्रमुख(सीईओ)मा बैंकिङ कसुर लागेका ठाकुरप्रताप थापा (रईस) नियुक्त हुन दौडधुपमा लागपछि क्रिकेटप्रेमीहरुले दाँतमा ढुंगो लागेको महसुस गरेका छन् ।

ठाकुरप्रताप थापाको दौडधुप सफल भएमा फौजदारी अभियोगमा सँजाय पाएका उनलाई कार्यकारी प्रमुख (सीईओ) बनाउने क्यानको तयारी छ । थापालाई उच्च अदालत पाटनले २०७६ भदौ ३ मा बैंकिङ कसुरमा ७ दिन कैद र ८० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुलप्रसाद शर्माले थापालाई ७ दिन कैद र ८० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

फौजदारी अभियोगमा संजाय पाएको ब्यक्ति नियुक्तिका लागि योग्य हुन सक्दैन । तर क्यानका पूर्वकोषाध्यक्ष राजुबाबु श्रेष्ठको डिजाइनमा क्यानले थापालाई सीईओ बनाउन लागेको स्रोत बताउँछ ।

क्यानको २०७६ असोज ११ मा सम्पन्न साधारणसभाले अध्यक्षमा चतुरबहादुर चन्दलाई निर्वाचित गरेको थियो । क्यानको अध्यक्षमै उम्मेदवार हुने तयारीमा रहेका ठाकुरप्रताप थापा(रईस) फौजदारी अभियोगमा सँजाय पाएका कारण उम्मेदवारी दिन सकेका थिएनन् । क्यानमा ४ बर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले दिने करिब ३ अर्ब रुपैयाँ सहयोग रकमका कारण ठूलो आकर्षण छ । त्यो बजेटकै लागि राजबाबु श्रेष्ठले थापालाई सीईओ बनाउन लागेको स्रोतको दावी छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ लिम्बुसहित १८ जनाविरुद्ध विशेष अदालतमा २०७१ जेठ २५ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले १ करोड ४३ लाख १४ हजार ५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट क्यान पदाधिकारीले मुद्दा जितेका थिए । विशेषबाट मुद्दा जितेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन नगरेपछि यो विषयको टुङगो लागेको थियो। 

यसैबीच, चन्द क्यानमा निर्वाचित भएको १५ दिनमै असोज २९ मा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राजीनामा दिनुलाई सीईओ नियुक्तिसँग जोडेर पनि हेर्ने गरिएको छ। खड्काले कप्तानबाट राजीनामा दिइसकेको अवस्थामा क्रिकेटको विकासका लागि उनैलाई सीईओ बनाउने अपेक्षा पनि एकथरीले गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ