arrow

स्याङ्जा सहयोग समाजले गर्यो अटिजम बालबालिकालाई सहयोग

logo
प्रकाशित २०७६ कार्तिक २ शनिबार
autisim-student.jpg

काठमाडौं। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले काठमाडौंको काँडाघारीमा संचालित अटिजम सुधार केन्द्रमा रहेका पीडित बालबालिकाहरुलाई भोजनका लागि आर्थिक सहयोग गरेको छ । समाजका विभिन्न पदाधिकारीहरुले सुधार केन्द्रमै पुगेर आर्थिक सहयोग गरेको थियो । 

हालै निर्वाचित कार्यसमितिले पहिलो चरणको कार्यक्रम अपांगका क्षेत्रमा गर्ने निर्णय गरे अनुसार पहिलो कार्यक्रम काठमाडौंमा गरिएको र दोश्रो स्याङ्जा जिल्लामै गरेर पहिलो चरणको कार्यक्रम सकिने समाजका अध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । 

स्याङ्जा जिल्लाबाट बिदेशमा बस्दै आएकाहरुको संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले करिब बीस देशमा आफ्ना समितिहरुको निर्माण गरेको छ । तिनै समितिहरुको सहकार्यमा स्याङ्जा जिल्लाको समृद्धि अभियानमा लागेका स्याङ्जा जिल्लाबासिहरुको सम्भवत जिल्ला भन्दा बाहिर गरिएको पहिलो कार्यक्रम हो । समाजले विभिन्न क्षेत्रमा सहयोगका कार्यहरू गर्दै आएको छ । 

अटिजम बालबालिकाहरुको लागि लामो समयदेखि काम गरिरहेकी तथा बिशेष स्कुल तथा पुनर्स्थापना  केन्द्रकी अध्यक्ष सबिता उप्रेतीले यस्तै सहयोगीहरुको सहयोगले यस क्षेत्रमा आफूलाई काम गर्न प्रेरणा मिलिरहेको बताइन। आफ्नै भवन निर्माणमा लागि परेको जानकारी दिदै उप्रेतीले भवन निर्माणका लागि एनआरएनएले पनि सहयोग गरेको बताउदै भवन निर्माण हुन सके अझै धेरै बालबालिकाहरुलाई सेवा दिन सकिने बताइन् । 

कार्यक्रममा पुगेका अन्तर्राष्ट्रिय धादिङ समाजमा अध्यक्ष नानुकाजि अर्याल, अन्तर्राष्ट्रिय झापा समाजका अध्यक्ष छत्र सुब्बा, लगायत उपस्थित स्याङ्जाबासीहरुले अटिजम भएका बालबालिकाहरुले बनाएका खादा टोपी लगायतका समानहरु किनेर बालबालिकाहरुलाई प्रोत्साहन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ