arrow

प्रिमियर लिगमा शनिबार राति आठ खेल, मात्र १५ गोल 

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
mancity20.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ८ खेल भएका छन् । जसमा मात्र १५ गोल भएको छ । उपाधि दावेदार क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी लेस्टर सिटी लगायतका टिमहरु विजयी भएका छन् । 

खेलमा म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० गोल अन्तरले हरायो । गाब्रियल जिसस र डेभिड सिल्भाले १–१ गोल गरेका थिए । 

चेल्सीले घरेलु मैदानमा न्युकासल युनाइटेडमाथि १–० गोल अन्तरको संघर्षपूर्ण जित निकाल्यो । मार्कस अलन्सोले ७३ औं मिनेटमा गोल गरे । 

लेस्टर सिटीले घरेलु मैदानमा बर्नलीमाथि २–१ को जित निकाल्यो । त्यस्तै एभर्टनले वेष्ट ह्यामलाई २–० गोल अन्तरले हरायो । 

अन्य खेलको नतिजा यस्तो छ–
बर्नमाउथ ०–० नर्विच सिटी
टोटनह्याम हट्सपर १–१ वाट्फोर्ड
वुल्भरह्याम्पटन १–१ साउथह्याम्पटन 

अंक तालिका
आठ खेलबाट २४ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । ९ खेलबाट १९ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । ९ खेलबाट समान १७ अंकसहित लेस्टर र चेल्सी तेस्रो र चौथो स्थानमा छन् । 

आठ खेलबाट १५ अंकको आर्सनल पाँचौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ