काठमाडौं । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियाल मड्रिड पराजित हुँदा स्पेनिश लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना शीर्ष स्थानमा पुगेको छ ।
शनिबार रातिको खेलमा रियाल मड्रिड कमजोर मानिएको मयोर्कासंग उसकै मैदानमा १–० गोल अन्तरले पराजित भएपछि बार्सिलोनालाई फाइदा भएको हो ।
खेलको ७ मिनेटमै लागो जुनियरले गोल गर्दै मयोर्कालाई जिताए । ७४ औं मिनेटमा रियाल मड्रिडका अल्भारो अड्रिओजोला दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।
रियाल ग्यारेथ बेल र एडन हजार्ड बिना नै मैदानमा उत्रिएको थियो ।
बार्सिलोनाले भने जित निकालेको छ । बार्सिलोनाले आइबरलाई ३–० गोल अन्तरले हरायो । एन्टोइन ग्रिजम्यान, लियोनल मेस्सी र लुइस सुवारेजले १–१ गोल गरे ।
अन्य खेलमा एथलेटिको मड्रिडले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेले भने गेटाफेले लेगानेसलाई २–० गोल अन्तरले हरायो ।
अंक तालिका–
९ खेलबाट बार्सिलोना १९ अंकसहित पहिलो, रियाल मड्रिड १८ अंकबाट दोस्रो, ग्रानाडा १७ अंकबाट तेस्रो स्थानमा छ ।
१६ अंकबाट एथलेटिको मड्रिड चौथो स्थानमा झरेको छ । रियाल सोसिडाड ८ खेलबाट १३, गेटाफे ९ खेलबाट १३, १३ अंकबाटै भ्यालेन्सिया र सेभिया ाक्रमश पाँचौंदेखि आठौं स्थानमा रहेका छन् ।