arrow

रोनाल्डोको गोलले जित्यो युभेन्ट्स 

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
ronaldo51.jpg

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलले इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले अंक तालिकामा शीर्ष स्थानलाई अझ बलियो बनाएको छ । 

शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नामाथि घरेलु मैदानमा २–१ अन्तरको जित निकाल्न सफल भएको हो ।

रोनाल्डोले खेलको १९ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । करियरमा उनको यो ७०१ औं गोल हो । 

लारान्गेराले २६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि पजनीले ५४ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई जिताए । 

शनिबार रातिका अन्य खेलमा लाजियोले एटलान्टासंग ३–३ गोलको बराबरी खेल्यो । नापोलीले भेरोनालाई २–० गोल अन्तरले हरायो । 

अंक तालिका
युभेन्ट्स ८ खेलबाट २२ अंकसहित पहिलो स्थानमा छ । दोस्रो स्थानको ईन्टर मिलानको ७ खेलबाट १८ अंक छ । 

एटलान्टाको १७, नापोलीको १६ तथा लाजियो र एएस रोमाको समान १२–१२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ