arrow

रोहित शर्माले बनाए छक्काको कीर्तिमान 

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
rohit-sharma1.jpeg

काठमाडौं । भारतीय ब्याट्सम्यान रोहित शर्माले टेष्ट क्रिकेटमा अर्को कीर्तिमान जोडेका छन् । उनले एकै सिरिजमा सर्बाधिक छक्का हान्ने कीर्तिमान बनाएका हुन् । 

उनले दक्षिण अफ्रिका विरुद्ध राँचीमा तेस्रो तथा अन्तिम टेष्ट क्रिकेट जारी रहँदा यो सिरिजमा अहिलेसम्म १७ छक्का प्रहार गर्दै एकै सिरिजमा सर्वाधिक छक्काको कीर्तिमान बनाएका हुन् । 

एकै सिरिजमा सर्वाधिक छक्काको कीर्तिमान यसअघि वेष्ट इन्डिजका शिमरन हेटमायरको नाममा १५ छक्काको कीर्तिमान रहेको थियो । उनले सन् २०१८–१९ को सिरिजमा बंगलादेश विरुद्ध उक्त कीर्तिमान बनाएका थिए । 

तेस्रो स्थानमा भारतका पूर्व अलराउन्डर हर्भजन सिंह थिए । उनले सन् २०१०–११ मा न्युजिल्याण्ड विरुद्ध १४ छक्का बनाएका थिए । 

शर्माले नटआउट रहँदै ११७ रन बनाएका छन् । रोहितले करियको छैटौं र सिरिजमा तेस्रो शतक बनाएका हुन् । भारतले पहिलो दिन शनिबार  ३ विकेटको नोक्सानीमा २२४ रन बनाएको छ । 

मौसमका कारण ५८ ओभरको मात्र खेल भएको थियो । दोस्रो दिन आइतबार रोहितलाई ८३ रनमा खेलिरहेका अजिन्क्या रहानेले सघाउने छन् । 

यसअघिका दुवै खेल जितेर भारतले सिरिज जितिसकेको छ । यो खेल जित्दा क्लिन स्वीप हुनेछ । 

आइसीसी वल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गतको खेलमा भारत शीर्ष स्थानमा छ । चारतले ४ खेलबाट २०० अंक बटुलेको छ । 

दोस्रो स्थानको न्युजिल्याण्ड र तेस्रो स्थानको श्रीलंकाको २–२ खेलबाट ६०–६० अंक छ । 

चौथो र पाँचौं स्थानका अष्ट्रेलिया र इंगल्याण्डको ५–५ खेलबाट समान ५६–५६ अंक छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ