arrow

अमेरिकामा दशैंतिहार सांगीतिक साँझ

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
samman11.jpg

सार्लट । अमेरिकामा दशैंतिहारको अवसरमा सांगीतिक साँझ भएको छ । नर्थ क्यारोलेना राज्यको सार्लट शहरमा दशैंतिहार–२०७६ को अवसरमा शुभकामना आदानप्रदान सहित सांगीतिक साँझ आयोजना गरिएको हो ।

लभ एण्ड सपोर्ट फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा बुद्धवीर लामा र सत्यकला राईले रौनक भरेका थिए । कार्यक्रममा गायिका राईले ‘आइडी कार्डैले’, ‘आलुदम चाना’, ‘इन्टरनेटैमा’ लगायत गीत गाएकी थिइन् भने गीतकार लामाले मन्तव्य सहित आफु रचित गीतहरु ‘बादलुको घुम्टोले’, ‘चोली राम्रो पाल्पाली ढाकाको लगायत गीत गाएका थिए ।

अमेरिकामा रहेका नेपाली कलाकार बसन्त खड्का, भुटानी गायकहरु लिला शिवाकोटी, नारद राई लगायतले पनि सांगितिक प्रस्तुति दिएका थिए ।

गीतकार लामा र गायिका राईलाई नेपाल र भुटानको झण्डा ओढाई अभिनन्दन गरिएको थियो । यसै अवसरमा लभ एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष तथा भुटानी गायक मनोज राईको म्युजिक भिडियो ‘मुस्कुराउ तिमी’ लोकार्पण गरिएको थियो । कार्यक्रममा अमेरिकामा पुनर्वास भएका भुटानी, नेपाली र अन्यको सहभागिता थियो ।

फाउण्डेसनले हरेक वर्ष नेपाल र अमेरिकामा नेपाली भाषा, संस्कृति, संगीत र समाज सेवामा योगदान पुर्याउने व्यक्तिहरुको सम्मान गर्नुका साथै असहायहरुको स्याहारमा संलग्न विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ