arrow

मुङ्गा जायसवाल मेमोरियल खुल्ला क्रिकेटको उपाधि दुर्गा युवा क्लबलाई 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
cricket2.jpg

नवलपरासी पश्चिम । स्वर्गीय मुङ्गा जायसवालको सम्झनामा भएको मुङ्गा जायसवाल मेमोरियल खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। शनिबारको फाइनल खेलमा दुर्गा युवा क्रिकेट क्लब बढया (युपी) भारतले बाल्मिकिनगर युवा क्रिकेट क्लब (बिहार) लाई रोमाञ्चक खेलमा २ विकेटले हराएर बिजेता बनेको छ । 

ठाडीघाटको खेलकुद मैदानमा पहिले ब्याटिङ गरेको बाल्मिकिनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रनको योगफल खडा गरेको थियो । बाल्मिकिनगरका छोटेले ३८ बलमा नट आउट खेल्दै ५४ रन जोडे ।

 जवाफमा उत्रेको बढया टिमले १७ ओभर ५ बलमा ८ विकेट गुमाएर १२४ रन जोड्दै उपाधि हात पार्यो । बढयाको जितमा ‘म्यान अफ द म्याच’ मुन्नाले नट आउट खेल्दै छक्का प्रहार गर्दै ५६ रन योगदान दिए । यस प्रतियोगिताको बेस्ट खेलाडी जुगुन रहेका थिए भने बेस्ट बैट मैन छोटे र बेस्ट बलरमा उपविजेताका धिरु रहेका थिए । 

उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रम रबिन्द्र जैसवालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति अर्जुन कुमार पोखरेल, विशिष्ट अतिथि देवकरण कलवार सन्तु, बिक्रम खनाल, उमेश यादव, हरेन्द्र यादव लगायतको उपस्थित थियो। 

विजयी टिमका खेलाडीलाई ट्राफी, नगद, पोसाक र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि पुरस्कार वितरण पछि शुभकामना मन्तव्य राख्दै भारतका खेलाडीले नेपाल भारतको सम्बन्धलाई थप समधुर बनाएको बताए । साथै पोखरेलले खेलले खेलाडीको शारीरिक, मानसिक, बौद्धिक, विकास संगै राष्ट्रियको प्रतगि हुनेमा जोड दिए । जैसवाल परिवारले यस खेललाई निरन्तरता दिनेमा विश्वास गरे ।

स्वर्गीय मुंगा जैसवालको सम्झनामा वहाको परिवारजनले पाँच बर्षसम्म मेमोरियल खुल्ला क्रिकेट प्रतियोगिता संचालन गरिने स्वर्गीय जैसवालका नाति समाजसेवी ओमप्रकाश जैसवालले बताए । स्टार क्रिकेट क्लब सुस्ता – ५ को सहयोगमा संचालन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ