दशैँको टीकाका दिन मलेशियामा बेहोस भएका नेपालीको मृत्यु
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
652
Shares
मलेशिया । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४:३० बजेतिर मृत्यु भएको हो ।
दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए।
केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उनले जानकारी दिए ।