arrow

यस्तो गैरसरकारी संस्था जसले महिनाबारी र गर्भ परीक्षणमा महिला कर्मचारीलाई दिन्छ विदा

logo
सीता डोटेल,
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
sadharan-sabha.jpg

पाल्पा । पाल्पामा यस्तो छ महिलामैत्री गैरसरकारी संस्था । जसले महिला कर्मचारीलाई प्रत्येक महिना महिनाबारीको समयमा १ दिन विदा दिदै आएकोमा गर्भवती कर्मचारीलाई नियमित ४ पटक गर्भ जाचका लागि पनि विदा दिने निर्णय गरेको छ । महिनाबारीलाई अछुुत मानेर बेला बखत समाचारहरु आइरहन्छ तर त्यही महिनाबारी हुदाँ काम गर्न असहज हुने मर्मलाई आत्मसाथ गर्दै पाल्पामा क्रियाशिल पछौटेपन उन्मुलन समाज (बेस) नेपालले आफ्ना महिला कर्मचारीलाई महिनाबारीमा १ दिन विदा दिन्छ । यसरी यस गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले पुरुष कर्मचारीको दाजोमा बर्षमा १२ दिन थप विदा पाउछन् ।

बि.स.२०४९ सालमा जिल्लाको पुर्व साविकको बाकामलाङ्ग हालको निस्दी १ मा स्थापना भएको यो संस्थाले विगत ४ बर्षदेखि महिला कर्मचारीलाई महिनाबारीका बेला १ दिने विदा दिने निर्णय गरेको हो । बेसकी फोकल पर्सन उमा अधिकारीले तानसेनमा रहेको मुख्य परियोजना कार्यालयमा कर्मचारीको गुनासा सल्लाह सुझाव लिदा फिल्डमा जाने तरखरमा महिनाबारी भएको खण्डमा असहज हुने केही महिला कर्मचारीबाट कुरा आएपछि तत्कालै बोर्ड बैठकबाट निर्णय गराई महिला कर्मचारीलाई विदाको सुविधा दिएको बताइन्।

जीइसीआईका फोकल पर्सन रहेकी अधिकारीले भनिन्–फिल्डबाट फर्किएर साझ महिनाबारी भएमा भोलिपल्ट जेनतेन काममा जान सक्ने भएपनि महिनाबारी भएकै दिन काममा जान नसक्ने त्यसले झन् कर्मचारीलाई समस्या हुने भन्दै कर्मचारीको स्वास्थ्य अबस्था र आरामका लागि १ दिन विदा दिने निर्णय लिएका हौं । महिनाबारी हुने र भइसकेको केही समय पेट दुख्ने, शरीर दुख्ने लगायतका अबस्था हुने हुँदा बेस बोर्डले सहजै स्वर्कार गरि बेसका सबै महिला कर्मचारीलाई लागु हुने गरि यो निर्णय लिएको हो ।

महिनाबारीको अबस्थामा पनि महिला कर्मचारी जसरी पनि सधैजसो उपस्थित हुनुपर्ने बाध्यात्मक अबस्थाका बिच राम्रो र आबश्यक बिषय आएकाले बोर्ड बैठकको निर्णय अनुसार साधारण सभाबाट तत्कालै पारित गरेर कार्यान्वयनमा ल्याएको बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बताए। बेसमा हाल १०४ जना कर्मचारीमा ७८ जना महिला कर्मचारी छन्–पाण्डेले भने,'लैङ्गिरुपमा र जातिय रुपमा समाबेशी छ । ती सबै महिला कर्मचारीले रजस्वला भएको समयमा १ दिन विदा पाउनुहुन्छ ।'

बेसले सुआहारा र साक्षरता कार्यक्रम चलाउदै आएको छ । सुआहाराको दोस्रो चरणको कार्यक्रम पाल्पा र नवलपरासी र नवलपुरमा चलिरहेको छ भने साक्षरता कार्यक्रम पाल्पामा चलेको छ । यी कार्यक्रममा आबद्ध कर्मचारी र कार्यालयका कर्मचारी सबैलाई समान रुपले बेसले महिनाबारी र गर्भवती जाचमा विदा दिएको छ । पहिलो दिन आराम पाएपछि अरु दिन कार्यालय र फिल्डमा जान कुनै समस्या हुदैन बेसकी फिल्ड सुपरभाइजर सञ्जु परियारले भने ।

रामपुरमा चलेको बेस नेपालको २७ औं साधारण सभाले गर्भवती कर्मचारीलाई समेत गर्भ परिक्षणको लागि नियमित जेकजाचको लागि ४ पटकको ४ दिन विदा दिने निर्णय लिएको हो । सभामा प्रस्तावमा लगिएको यो बुँदालाई सर्बसहमतिले पारित गरेको थियो । नेपाल सरकारले आमा र बच्चाको अबस्था सुधार तथा स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउन प्रेरित गर्दै अनिवार्य ४ पटक गर्भ जाच गर्न प्रोत्साहन गरेको छ । सोही अबधिमा समयमा नै गर्भ जाचका लागि गर्भवती अबस्थाका महिला कर्मचारीलाई राहत स्वरुप विदा दिने निर्णय भएको बेसले जनाएको छ ।

प्रायः नेपालमा सरकारी वा गैरसरकारी संस्थामा होस् यस्तो सुविधा छैन । यसले गर्दा विहानदेखि साझ कार्यालय अबधिमा खटिनुपर्ने कर्मचारीले समयमा गर्भ जाच गर्न पनि समस्या रहेको र यसकै लागि कार्यालयमा भनसुन गर्नुपर्ने, विदा नै बस्नुपर्ने अबस्था भएकाले गर्भ जाचलाई सरकारले तोकेको महिना अबधिमा चेकजाचको लागि ४ पटक विदा दिने निर्णय लिएको बेसकी सदस्य मायाँ श्रेष्ठले बताइन्।

यसैबिच बेस नेपालको साधारण सभाले कालीगण्डकी नदी डाईभर्सनका बिषयमा सचेतना जगाउने खालको कार्यक्रम सञ्चालन गर्ने निर्णयसँगै आगामी बर्षका लागि अनुमानित आय ५ करोड १२ लाख ८ सय ४२ रुपँया र व्यय ४ करोड ९४ लाख १३ हजार ८ सय ४२ बराबरको आयव्यय रहेको प्रतिवेदन बहुमतले पारित गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ