arrow

मृत्यु भएका व्यक्तिको नामको सुरक्षा भत्ता खाने वडाध्यक्षबिरुद्ध उजुरी

३३ जनाको सामाजिक सुरक्षा भत्ता हिनामिना

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
wadas.JPG

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष टंक मगर र कार्यालय सहायक हुकुम राई विरुद्ध उजुरी परेको छ । वडाभित्र मृत्यु भएका तथा बसाईसराई गरि गएका ३३ जना भन्दा बढीको नाममा किर्ते विवरण पेश गरेर रकम हिनामिना गरेको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा उजुरी दिएका हुन् ।

वडाध्यक्ष मगर र कार्यालय सहायक राईले किर्ते भरपाई गर्दै पैसा निकालेर हिनामिना गरेको सूचनाका आधारमा स्थानीयले थाहा पाएपछि मृत्यु भएका तथा वसाईसराई गएका व्यक्तिको विवरण संकलन गरेका थिए । जसमा हाल ३३ जनाको झुठो विवरण पेश गरेर रकम निकासा गरेको पाईएको स्थानीय विदुर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘३३ जना बाहेक अझैपनि मृत्यु भएका तथा बसाईसराई गएका व्यक्तिको नाममा किर्ते गरेको हुन सक्ने हामीलाई शंका लागेको छ । त्यसको पहिचान गरिहेका छौं ।’

गलत विवरण पेश गरेर वडाध्यक्ष र कार्यालय सहायकले सामाजिक सुरक्षा भत्ता हिनामीना गरेको भन्ने हामीलाई उजुरी आएकोले कार्यापालिकाको बैठक बोलाएर तत्काल छानविन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख शालिकराम बन्जराले जानकारी दिए ।

वडाध्यक्ष टंक मगरले भने फोन लागेपनि फोन उठाएका छैनन् । कार्यालय सहायकले भने वडा सचिव पुष्पराज राईलाई आरोप लगाउँदै पन्छिने कुरा गरेका छन् । सामाजिक सुरक्षा भत्ता कार्यालय सहायक राईको नाममा निकासा भएको पाईएको छ । आफ्नो नाममा रकम निकासा भएको उनले स्वीकारेका पनि छन् । वडा सचिव पुष्पराज राईसंग भने सम्पर्क हुन सकेन । यो अनियमितताको भागिदार वडासचिव राई पनि रहेको घटनाक्रमले देखाएको छ ।

झुटो विवरण पेश गरेर मृत्यु भएका तथा बसाईसराई गएका व्यक्तिको नाममा निकालिएको सामाजिक सुरक्षा भत्ता उनीहरुका आफन्तले भने पाएका छैनन् । मृत्यु भएका तथा बसाईसराई भएर गएका व्यक्तिको नाममा निकालिएको रकम आफन्ले नपाउनु र त्यस्ता व्यक्तिको डाटा खारेजी गरि लगत कट्टा नगर्नुले सरासर राज्यको आँखा छलेर अनियमितता गरेको देखिन्छ ।

वर्षौंअघि मृत्यु भएका र बसाईसराई गरेका व्यक्तिको नामको सुरक्षा भत्ता वडाध्यक्ष र सचिवको गोजीमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ