arrow

छैटौँ विश्व इन्टरनेट सम्मेलन सुरु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
world-internet-conference-summit.jpg

च च्याङ, चीन। छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ। सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाएका छन्।

सन्देशमा उनले इन्टरनेटको विकास प्रवृत्तिप्रतिको गहिरो बुझाइ, मानव जातिको साझा फाइदाप्रतिको उच्च ध्यान र चीनद्वारा विश्वका विभिन्न मुलुकसँग नेटवर्क भाग्य समुदायको निर्माण गर्ने सदिच्छापूर्ण इच्छा अभिव्यक्त भएको उल्लेख गरे।

नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट सुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तरसम्बन्ध, साइबरस्पेसका योगदानमूलक भबिष्य’ रहेको बताइएको छ।

नयाँ सुरुवातमा विकास अवसरलाई कायम राख्दै चुतौतिको सक्रिय सामना गर्नुका साथै इन्टरनेटका सञ्जाललाई पूरै मानव जातिको विकास समुदायको निर्माणका लागि प्रयास गर्नुपर्ने सीले बताएका छन्। उनले भविष्य उन्मुख चीनले ठूलो मुलुकको दायित्वबोध भूमिका सिर्जना गर्दै नेटवर्कको विकासको योगदानकर्ताको हैसियतले प्रयास गर्दै जाने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ